कप्तान साम्बासहित १० खेलाडी सम्मानित | Khabarhub Khabarhub

कप्तान साम्बासहित १० खेलाडी सम्मानित


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० खेलाडीलाई आज नगद र छात्रवृत्तिसहित सम्मान गरेको छ ।

धुम्बाराहिस्थित स्कुलमा आज आयोजित कार्यक्रममा कप्तान सावित्रासहित, अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल, युवा खेलाडी सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनहि रु १० हजार र समग्रमा १८ लाख बढीको छात्रवृत्तिसहित सम्मान गरेको हो ।

उनीहरूलाई काठमाडौँ महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जनले स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का सहायक महासचिव दामोदर (बद्री) भट्टराईलगायतले नगदसहित सम्मानपत्र प्रदान गरेको थियो ।

महिला फुटबलमा लगानी बृद्धि गर्नुपर्ने उल्लेख काठमाडौँ महानगरपालिका–४ का वडाध्यक्ष महर्जनले भने, “महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले उनीहरू हाम्रो समाजका हिरो हुन् । हामीले खेलाडीलाइ उत्साहित बनाउनका लागि खेलकुदमा थप लगानी गर्न आवश्यक छ ।”

द इन्साइट भिजन स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठले भने, “हाम्रा खेलाडीहरूले अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै देशको प्रतीष्ठा बढाएका छन् । हामीले सम्भावना देखेरै उनीहरूलाई औपचारिक शिक्षामा पनि सहज तवरले अगाडि बढ्न सकोस् भनेर चार वर्षयता महिला फुटबलमा धेरैलाई छात्रवृत्ति दिएका छौँ । अहिले साम्बासहित १० जनाले पूर्ण छात्रवृत्रिमा बीबीएस अध्ययन गरिरहेका छन् । यसरी नै हामी खेलाडीहरूको हौसला बढाउँदै जानेछौँ ।”

सम्मानपछि कप्तान सावित्राले भने, “सबैले आ–आफ्ना क्षेत्रमा मिहिनेत गर्नुपर्छ । फुटबलसँगै औपचारिक शिक्षालाई अगाडि बढाउने अवसर दिएर ‘इन्साइट भिजन’ ले हामीलाई यहाँ उभिने अवसर दिएको छ । यसको लागि इन्साइट भिजन तथा राजधानी क्याम्पसलाई धेरै–धेरै धन्यवाद ।”

एउटै व्यवस्थापनमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसमा पुरुषको राष्ट्रिय टिम तथा उमेर समूहका १४ जना फुटबलर पनि छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । अन्तरराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता नेपाली सावित्रासहित पूजा, अनिता, रेखा र सविताले एसियन कप छनोट खेलेका थिए ।

उज्वेकिस्तानको तास्कन्दमा भएको छनोटमा नेपाल घरेलु टिम उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा पराजित हुँदै अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउन असफल भएको थियो । तर, टिमको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालले सुरूका दुई खेलमा लाओसलाई ९–० र श्रीलङ्कालाई ८–० ले हराएको थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ०६ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं