जब विद्यालयमा छात्रा महिनावारी दुखाइबाट छट्पटिन्छन्‌... | Khabarhub Khabarhub

मासिक स्राव

जब विद्यालयमा छात्रा महिनावारी दुखाइबाट छट्पटिन्छन्‌…


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – किशोरावस्था पुगिसकेपछि महिलाहरूलाई महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो । यो प्रक्रिया कतिपयलाई सामान्य हुन्छ भने कति किशोरी तथा महिलाहरूका लागि एकदमै पीडादायी हुन्छ ।

विद्यालय उमेरका कतिपय किशोरीहरू महिनावारीमा पेट दुखाइकै कारण विद्यालय आउन सक्दैनन् । पेनकिलर खानुपर्ने बाध्यता हुन्छ । कतिलाई अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था आउँछ ।

महिनावारी हुनुभन्दा १–२ दिन अगाडि ढाड दुख्ने र तल्लो पेट दुख्ने लक्षण देखिनु सामान्य हो । तर सहनै नसक्ने गरी दुखिरहेको छ भने चिकित्सकको सल्लाह लिएर अन्य चेकजाँच गराउनुपर्छ ।

‘एक विद्यालय, एक नर्स’ कार्यक्रमले किशोरीहरूलाई सहज

न्युनत्तम १०–११ वर्षमा धेरै छात्राहरूलाई महिनावारी सुरु भइसक्छ । एकातिर रक्तश्रवाव हुँदा आत्तिएका उनीहरू त्यसमाथि पेट दुख्दा झनै आत्तिएर रुन कराउन थाल्छन् ।
त्यस्तो अवस्थामा उनीहरूलाई घरमै बसाउनुपर्ने अवस्था आउँथ्यो । तर एक विद्यालय एक नर्स कार्यक्रम लागू भएपछि यस्तो समस्या हटेको पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजारकी प्रधानाध्यापक रीता तिवारी बताउँछिन् ।

‘महिनावारी भएका किशोरीहरूलाई सेनिटरी प्याड, आइरन चक्कीलगायत आवश्यक परामर्श दिने काम सबै नर्सले गर्छन् ।’ प्रधानाध्यापक तिवारी भन्छिन् ।

नेपाल युवक मावि पकनाजोल काठमाडौंमा कार्यरत विद्यालय नर्स सुस्मिता हुमागाईंका अनुसार १०–११ वर्षदेखि नै धेरैजसो छात्रामा महिनावारी सुरु भइसकेको हुन्छ । धेरैलाई पेट दुख्ने समस्या हुन्छ । सहन सक्ने खालको दुखाइ छ भने केही समय नर्सिङ कोठामा आराम गरेर कक्षामा जान्छन् । धेरै गाह्रो नै भएको छ भने घर जान सल्लाह दिइन्छ ।’

नर्स हुमागाईका अनुसार कतिपय किशोरीहरूको अवस्था एकदमै सामान्य हुन्छ । कतिपयले त दुखाइको महसुस नै गर्दैनन् । अहिले सरकारी विद्यालयहरूमा सेनिटरी प्याड, आइरन चक्की, सिटामोललगायत प्राथमिक उपचारका लागि चाहिने आवश्यक सामग्रीको व्यवस्थाछ । यस्ता स्वास्थ्य सामग्रीले किशोरीहरूलाई सहज भएको छ ।

महिनावारीको समयमा हुने दुखाइ कम गर्ने ‘मेफ्टोल’ नामक औषधि पनि उपलब्ध छ । तर सिटामोलले नै काम गरिरहेको छ भने अत्यधिक दुखाइमा मात्रै उक्त औषधि चलाउने गरेको नर्स हुमागाईंले बताइन् ।

सामान्य दुखाइ हुँदा मनतातो पानी खान दिने, हटब्यागले पेटमा सेक्दा मात्रै पनि कतिले सहज भएको बताउँछन् । त्यस्तो बेलामा कुनै पनि औषधिको प्रयोग नगरी आराम गर्न लगाइनेको गरेको उनी बताउँछिन् ।

महिनावारी हुँदा पेट दुख्नुको कारण

स्त्रीरोग विशेषज्ञ डा. ललिता जोशीका अनुसार महिनावारीमा पेट दुख्ने दुई कारण छन् । एउटा प्राइमरी डिस्मेनोरिया र अर्को सेकेण्डरी डिस्मेनोरिया ।

प्राइमरी डिस्मेनोरिया

महिनावारीको समयमा पेट दुख्नु धेरैजसो महिलाहरूमा सामान्य कुरा हो । यस दुखाइलाई चिकित्सकीय भाषामा डिस्मेनोरिया भनिन्छ । महिनावारी भएको १५ दिनमा स्टोलिन भन्ने हर्मोन उत्पादन हुन्छ । जुन पाठेघरभित्रै मासुको लेयर बनेर बस्छ ।

महिनावारीपछि बच्चा बस्यो भने यसले बच्चा हुर्काउन सहयोग गर्छ । तर बच्चा बसेन भने अर्को पटकको महिनावारीमा त्यो झर्छ र रगतसँगै चोक्टा चोक्टा भएर बाहिर निस्किन्छ ।

यस्तो अवस्थामा पाठेघर खुम्चिने र खुल्ने गर्नाले तल्लोपेट तथा ढाड र कम्मरमा कसै कसैलाई अत्यधिक र कसैलाई सामान्य दुखाइ हुन्छ । यसलाई प्राइमरी डिस्मेनोरिया भनिन्छ । यो कुनै रोगका कारणले नभई महिनावारीकै कारणले दुखेको हुन्छ ।

प्राइमरी डिस्मेनोरिया भनेको सामान्य दुखाइ हो । जसमा ‘हट ब्याग’ लगाएर सिटामोल वा मेफ्टोल खाएर दुखाइ कम गर्न सकिने डा. जोशीको भनाइ छ ।

यो दुखाइ कसैलाई महिनावारी हुनु अगाडि हुन्छ भने कसैलाई भइसकेपछि २– ३ दिन अथवा पाठेघरमा भएको चोक्टाहरू निस्किसकेपछि रक्तश्राव पनि कम हुन्छ र दुखाइ पनि आफैँ निको भएर जान्छ ।’ उनले भनिन् ।

सेकेण्डरी डिस्मेनोरिया

त्यस्तै पाठेघर तथा अण्डकोषमा समस्या छ वा पाठेघरको मुखको क्यान्सर छ भने पनि महिनावारीका समयमा दुख्ने गर्दछ । जसलाई सेकेण्डरी डिस्मेनोरिया भनिन्छ । यसका लागि अल्ट्रासाउण्ड लगायत विभिन्न जाँचहरू गराउनुपर्ने डा. जोशी बताउँछिन् ।

उनका अनुसार पाठेघरको मुखको क्यान्सरका कारण पनि महिनावारीमा पेट दुख्छ । जस्तै पाठेघरको मासुको भित्र ‘एक्स्ट्रा ग्रोथ’ हुनु जस्तै पाठेघरको ‘लाइन मसल’ भित्र पनि देखिनुलाई ‘रेण्डोमिक’ भनिन्छ ।

त्यस्तै ‘रेण्डोमिक क्रशेस’ भनेको अर्को समस्या हुन्छ । जसमा पाठेघरभित्रको जुन तह हुन्छ, त्यस्तै मासु अण्डकोषमा, बाहिरी पेटमा, आन्द्रा लगायतका अङ्गमा निस्किन्छ ।

यस्तो अवस्थामा महिनावारीमा दुखाइसँगै अन्य समस्या पनि देखिन्छन् । त्यसैले यस्तो दुखाइलाई सामान्य मानेर नबसी चिकित्सकको सल्लाहमा आवश्यक जाँच गराउन उनको सुझाव छ ।

लामो समयको प्राइमरी दुखाइले प्रजनन कार्यमा असर

चिकित्सकका अनुसार हर्मोनल परिवर्तन र वातावरणीय प्रभावका कारण पछिल्लो समय १०–११ वर्षमै महिनावारी हुनेको सङ्ख्या बढ्दो छ ।

विशेषगरी उमेर नै नपुगी महिनावारी हुँदा उनीहरूमा नियमित नहुने, भइहाले पनि अत्यधिक दुखाइ हुने समस्या हुनु र यो क्रम केही वर्ष चल्नु स्वाभाविक हो ।

तर जब उनीहरू १७–१८ वर्ष पुग्छन् र नियमित महिनावारी हुन थाल्दा यो समस्या भइरह्यो वा महिनावारी भइसकेपछि पनि बेला बेलामा रक्तश्राव भइरहने, विवाहपछि शारीरिक सम्पर्क गर्दा पनि रक्तश्राव हुने लगायतका अन्य यौनिक समस्या देखिन थाल्यो भने प्रजनन कार्यमा पनि यसले समस्या ल्याउन सक्ने सम्भावना रहन्छ ।

त्यसैले समयमै आवश्यक जाँच गराउन डा. जोशी सुझाउँछिन् ।

दुखाइ कम गर्न के गर्ने ?

अन्य कुनै कारण नभई महिनावारीकै कारण दुखेको हो भने कसैलाई ‘हट ब्याग’ राखेर मात्रै निको हुन्छ भने कसैलाई सिटामोल खाँदा बिसेक हुन्छ ।

औषधि खाँदा राहत महसुस भएको छ भने त पीर मान्नै परेन । तर एकदमै नराम्ररी दुख्यो, लामो समयसम्म दुखाइ भइरह्यो भने अन्य कारणले पो हो कि भनी सचेत हुनुपर्ने डा. जोशी बताउँछिन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १ : ५२ बजे

रासायनिक मल सहज रूपमा उपलब्ध गराउन मन्त्रालय क्रियाशील

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन

मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मन्थली– रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको

मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

मकवानपुर– नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दलका नेता एवम्

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

देउखुरी – दाङमा दुईवटा सवारी साधन (मोटरसाइकल)एकापसमा ठोक्किँदा एक जनाको

अमेरिका र मेक्सिको विवाद, सियनबोम भन्छिन्- विदेशी सेना स्वीकार्य छैन

मेक्सिको – मेक्सिकोकी राष्ट्रपति क्लाउिडिया सियनबोमले आफ्नो देशको भूभागमा अन्य