कैलाली कारागार प्रकरण : मुख्यमन्त्री शाहले भेटे गृहमन्त्री « Khabarhub

कैलाली कारागार प्रकरण : मुख्यमन्त्री शाहले भेटे गृहमन्त्री


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली कारागार कैदी–बन्दीले नियन्त्रणमा लिइरहँदा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । उनले शनिबार भैंसेपाटीस्थित सरकारी निवासमा गृहमन्त्री लेखकसँग भेट गरेका हुन् ।  

भेटका क्रमा कैलाली कारागारमा भएको घटनाको विषयसँगै सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

शुक्रबार राति कैलाली कारागारभित्र कैदी–बन्दीबीच झडप हुँदा धनगढी उपमहानगरपालिका ४ का भरत चौधरीको मृत्यु भएको थियो । झडपमा परी ४७ जना घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ ।

झडपबाट भएको क्षतिबारे यकिन तथ्य बाहिर आउन सकेको छैन । कैदी–बन्दीहरूले भित्रबाट ताला लगाएर थुनुवाकक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने उनीहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ३ : ३९ बजे

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा