कांग्रेस-एमालेबीच प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने सहमति | Khabarhub Khabarhub

कांग्रेस-एमालेबीच प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने सहमति


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच वर्तमान सरकारलाई थप बलियो र प्रभावकारी बनाउने सहमति भएको छ । 

दुई दल सम्मिलित प्रदेशस्तरीय संयन्त्रको आज सम्पन्न बैठकले सरकार सञ्चालन, बजेट कार्यान्वयन र  प्रदेश सरकारअन्तर्गत खाली रहेका विभिन्न नियुक्तिका सन्दर्भमा छलफल गरी  गठबन्धनको मर्मअनुरूप अघि बढ्ने निष्कर्ष निकालेको एमालेका प्रदेश अध्यक्ष गुलाबजङ्ग शाहले जानकारी दिए । 

उनले एक वर्षमा सरकारले गरेका कामकारबाहीको समीक्षासँगै सरकारलाई थप प्रभावकारी बनाउने विषयमा साझा धारणा तय भएको बताए। कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा खटपट भएको भनी गरिएको प्रचारमा सत्यता नरहेको भन्दै अध्यक्ष शाहले दुई दलबीच सरकारलाई थप प्रभावकारी बनाएर लैजाने सहमति भएको बताए । 

‘सत्ता गठबन्धनमा खटपट भएको भनेर खबर आइरहेका छन्, ती सत्य होइनन् । आजको बैठकले सबै कुराको समीक्षा गर्दै सरकारका काम थप प्रभावकारी बनाउने, खाली रहेका निकायमा तत्काल नियुक्त गर्नेलगायत विषयमा साझा धारणा तय गरेको छ’, उनले भने। 

बैठकमा मुख्यमन्त्री यामलाल कँडेल, कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी र अध्यक्ष शाहलगायत सहभागी थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ७ : ५० बजे

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते

सर्लाही – जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परेर दुई जनाको

देवघाटलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

नवलपरासी – पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

टप इन्ड टी२० : ललितको स्थानमा साहबले खेल्ने

काठमाडौं – अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

चितवन – आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म

सामान्य बन्दै कैलाली कारागारको अवस्था

सुदूरपश्चिम – कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः