पोखरामा ‘यल्लो मेटल’ अप्रेसन : ११ करोडको सुनसहित कालिगढ पक्राउ « Khabarhub

पोखरामा ‘यल्लो मेटल’ अप्रेसन : ११ करोडको सुनसहित कालिगढ पक्राउ

ठूला व्यवसायीमाथि प्रहरी मौन


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा सुनको अवैध कारोबार फस्टाइरहेको पृष्ठभूमिमा प्रहरीले ‘अप्रेसन यल्लो मेटल’ सञ्चालन गरी ११ करोड रुपैयाँभन्दा बढीको सुनचाँदीसहित ११ जना भारतीय कालिगढलाई पक्राउ गरेको छ । तर, पोखराको बजारमा अवैध सुनको कारोबार चलाउने मुख्य व्यवसायीबारे प्रहरी मौन बसेपछि कालिगढ मात्रै पक्राउ पर्नुले अनुसन्धानको पूर्णतामाथि प्रश्न उठेको छ ।

गण्डकी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले शुक्रबार पोखराका मोहरिया टोल, तर्सापट्टी, भैरवटोल र चिप्लेढुंगाका विभिन्न पसल र कार्यस्थलमा एकसाथ छापा मारेको थियो । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार लामो समयको गोप्य निगरानीपछि गरिएको यो अप्रेसनमा ६.४ किलो सुन, ४४४ तोला चाँदी र ५ लाखभन्दा बढी नगद बरामद भएको छ । बरामद गरिएको सुनको मात्र बजार मूल्य १० करोड ९४ लाख रुपैयाँभन्दा बढी छ ।

प्रहरीले पक्राउ परेका सबै भारतीय नागरिक भएको र उनीहरू वर्षौंदेखि पोखरामा सुनचाँदीको कालिगढ र डिजाइनरका रूपमा काम गर्दै आएको जनाएको छ । उनीहरूको साथबाट बरामद सुनको स्रोत खुलेको छैन ।

 ‘उनीहरू १५ वर्षदेखि पोखरामा बस्दै आएका रहेछन्,’ एसपी ओलियाले भने, ‘अहिलेसम्म यसको स्रोत खुलेको छैन र अनुसन्धान जारी छ ।’

पक्राउ पर्नेमध्ये भारत मेद्नापुरका गोविन्दा दिण्डाको साथबाट मात्रै २१० तोला सुन बरामद भएको छ । यस्तै, कलकत्ताका असित वरबाट ८६ तोला, प्रोभास माझीबाट ८८ तोला र दीपक सामन्तबाट ३८ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ । अन्य पक्राउ पर्नेहरूमा राजेन्द्र जगताप, मनिकलाल आदक, सन्दीप ढाव, सोमनाथ पाल, तापस सामन्त, उज्ज्वल भोमिक र सुनिता पवार छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा एसपी ओलियाले पक्राउ परेका सबैलाई बरामद सामग्रीसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइने जानकारी दिए । यो अप्रेसनले पोखरामा लुकिछिपी हुँदै आएको अवैध सुन कारोबारको एउटा ठूलो चक्र तोडेको प्रहरीको दाबी छ। 

यद्यपि, कालिगढहरू पक्राउ पर्दा उनीहरूलाई काम दिने र उनीहरूबाट सुन खरिद गर्ने ठूला व्यवसायीहरूमाथि अनुसन्धान कहिले पुग्छ भन्ने विषयमा भने प्रहरीले केही खुलाएको छैन ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ८ : ०४ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको