बेलायती विश्वविद्यालयमा बढ्दो चिनियाँ प्रभावले शैक्षिक स्वतन्त्रतामाथि गम्भीर खतरा « Khabarhub

बेलायती विश्वविद्यालयमा बढ्दो चिनियाँ प्रभावले शैक्षिक स्वतन्त्रतामाथि गम्भीर खतरा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती विश्वविद्यालयहरूमा चीनको बढ्दो प्रभावले शैक्षिक स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न भएको एक नयाँ प्रतिवेदनले खुलासा गरेको छ ।

बेइजिङले बेलायती उच्च शिक्षण संस्थाहरूमा आफ्नो प्रभाव विस्तार गर्दै वैचारिक स्वतन्त्रता र स्वतन्त्र अनुसन्धानमाथि नियन्त्रण गर्ने प्रयास गरिरहेको समाचारमा जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार संयुक्त अधिराज्य–चीन पारदर्शीता (यूकेसीटी) नामक संस्थाले यसबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । चीनले कोष, साझेदारी, र कन्फ्युसियस इन्स्टिच्युटजस्ता संरचनाहरू मार्फत बेलायती विश्वविद्यालयहरूमा प्रभाव विस्तार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यी संस्थाहरूले चिनियाँ कम्युनिष्ट पार्टीको विचारधारा अनुरूप विषयवस्तुहरूलाई प्रोत्साहन गर्ने र तिब्बत, ताइवान, र हङकङको स्वतन्त्रताजस्ता विषयमाथिको छलफललाई दबाउने गरेको प्रतिवेदनमा आरोप लगाइएको छ ।

प्रतिवेदनले केही विश्वविद्यालयहरूले चिनियाँ सरकारको आर्थिक सहयोग स्वीकार गरेपछि स्वतन्त्र अनुसन्धान र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गरेको दाबी गरेको छ । साथै, चिनियाँ विद्यार्थीहरू र प्राध्यापकहरूमाथि निगरानी र दबाबको घटनाहरू पनि बढ्दै गएको उल्लेख छ ।

यो मुद्दाले बेलायतमा मात्र नभई विश्वभरका शैक्षिक संस्थाहरूमा विदेशी प्रभावको खतरा र स्वतन्त्रताको संरक्षणबारे बहसलाई तीव्र बनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ७ : ४३ बजे

उम्मेदवारको भाइरल मोह– सचेत मतदाताले रुचाउलान् त चटक ?

काठमाडौं— चुनावमा मतदातालाई प्रभावित पार्न गोठमा पुगेर गाई दुहुने, भकारो

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो