मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू « Khabarhub

मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ। मंगलबार बिहान ५ बजे सकिएको कर्फ्यूको समय बिहान ८:३० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बढाएको हो।

यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यू मङ्गलबार बिहान ५ बजेसम्म थप भएको थियो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशमा काठमाडौं महानगरपालिकाको बालुकरमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भागमा कर्फ्यू लाग्ने उल्लेख छ।

यसअघि शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्र, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र र संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा बिहान ५ बजेसम्म कर्फ्यू जारी थियो।

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको थियो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ०७ बजे

भारतको नयाँ बजेट : कर छुट, हाईस्पिड रेलदेखि पाँच राज्य जोड्ने बुद्ध सर्किट निर्माणसम्म

काठमाडौं- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आइतबार संसद्मा बजेट प्रस्तुत गरेकी

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २