जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍याे : डा. डिला संग्रौला « Khabarhub

जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍याे : डा. डिला संग्रौला


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पेसागत बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौलाले सोमबार काठमाडौंमा जेन-जी पुस्ताले गरेको प्रदर्शनलाई सरकारले दमन गरेको भन्दै त्यसको भर्त्सना गरेकी छिन् ।

उनले एक विज्ञप्तिमार्फत भ्रष्टाचार, बेथिति तथा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सडकमा उत्रेर गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘नेपालको युवा पुस्ता, विशेष गरी जेन–जीले भ्रष्टाचार, बेथिति ्तथा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सडकमा उत्रेर गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको घोर भत्सर्ना गर्दछु।’

संग्रौलाले नेपाली युवाहरूले वैचारिक जागरण, डिजिटल अधिकारको माग गर्दै गरेको प्रदर्शनमा प्रहरीको गोली लागि ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । 

उनले घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग समेत गरेकी छिन् ।

यद्यपि, हामी दुःखित छौं कि यो शान्तिपूर्ण आन्दोलन प्रहरी कारबाहीका कारण हिंसात्मक बनेको छ।

उनले काठमाडौंको नयाँ बानेश्वर, दमक, पोखरा लगायतका स्थानहरूमा भएका घटनाहरूमा एक दर्जनभन्दा बढीको ज्यान गएको, दर्जनौँ घाइते भएको र कर्फ्यु घोषणा हुनुपरेको खबरले गहिरो पीडा दिएको उल्लेख गरेकी छिन् । 

उनले घटनाक्रम हेर्दा प्रहरीले आवश्यकता भन्दा बढी बल प्रयोग गरेको देखिनु मानवअधिकारको उल्लङ्घन भएको समेत जनाएकी छिन् । 

उनले आन्दोलनकारीमाथिको दमन रोक्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छिन् । उनले भनेकी छिन्– ‘युवाहरूको आवाजलाई दबाउनु भनेको नेपालको भविष्यलाई दबाउनु हो।’  

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ९ : ०१ बजे

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडाैं । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

बुटवलमा गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित

लुम्बिनी – बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७

एकैदिन एक हजार दुई सयभन्दा बढी पिन्ट रगत सङ्कलन

काठमाडौं – सन्त निरंकारी मण्डल नेपालले आज एकैदिन एक हजार

आजका समाचार : हटाइयो सुकुम्बासी बस्ती, ७२ सालको भूकम्पमा ढलेका संरचना अलपत्र, इरानी विदेशमन्त्री पाकिस्तानमा र यूएईविरुद्ध नेपाल विजयी

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरुकाठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती