उषाकिरणको आक्रोश– नानीहरूका हत्याराहरू एक मिनेट पनि सरकारमा बस्नु हुन्न « Khabarhub

उषाकिरणको आक्रोश– नानीहरूका हत्याराहरू एक मिनेट पनि सरकारमा बस्नु हुन्न


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी समूहले सोमबार गरेको आन्दोलनमा १९ जनाको मृत्यु भएको घटनापछि सत्तारूढ नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले सरकारप्रति कडा आपत्ति जनाएकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमाथि नै आक्रोश पोखेकी हुन् ।

‘अब यो पितृपुस्ताबाट हुन्न, विचारबाट च्यूत, जनताबाट तिरस्कृतहरूबाट हुन्न भनेर धेरै बोलियो । सालिन भाषामा बोलियो, धैर्यतापूर्वक बोलियो, ठूलो आवाजमा बोलियो, अहँ सुनेन, मसँग कुनै धैर्यता बाँकी छैन अब’, उनले भनेकी छिन् ।

तिमल्सिनाले आन्दोलनमा मारिएका युवाहरूलाई ‘नानीहरू’ भन्दै श्रद्धाञ्जली दिएकी छिन् । उनले आन्दोलनमा मारिएकाहरूको न्यायका लागि सरकारको तत्काल राजीनामा माग गरिन् । ‘हिजो सहादतहरूको न्यायका लागि पनि अब ती नानीहरूको ‘हत्याराहरू’ सरकारमा एक मिनेट पनि रहनु हुन्न,’ उनले भनिन् ।

सोमबार १९ जनाको ज्यान जाने गरि भएको आन्दोलनमा व्यापक दमन भएको विपक्षी दल र नागरिक समाजले आरोप लगाएका छन् । सरकारले भने सुरक्षाकर्मीको कारबाहीलाई औचित्यपूर्ण ठहर गर्दै स्थितिलाई नियन्त्रणमा ल्याउने उपाय भएको बताएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : १९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र