कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ : महामन्त्री थापा « Khabarhub

कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ : महामन्त्री थापा

प्रधानमन्त्री ओलीलाई पद छाड्न सुझाव 


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अबिलम्ब पद छाड्न आग्रह गरेका छन् ।

सोमबार जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा अबोध युवाहरू अनाहकमा मारिएको घटनाले रातभर सुत्न नसकेको उल्लेख गर्दै उनले परिस्थितिको आँकलन गर्दै पदबाट राजीनामा दिन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्– ‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिङ्गो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अविलम्ब पद छोड्नुपर्छ।’ 

मङ्गलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत महामन्त्री थापाले अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहन नहुने भन्दै तत्काल सरकारबाट फिर्ता हुनुपर्ने बताएका छन् । उनले पार्टीको बैठकबाट यो निर्णय गराउन आफू लागिपर्ने उल्लेख गरेका छन् ।

उनी लेख्छन्– ‘अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनु हुँदैन, रहन सक्दैन । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ । पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : ०२ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु