एकीकृत समाजवादीबाट जेन–जी आन्दोलनमाथि दमनको निन्दा « Khabarhub

एकीकृत समाजवादीबाट जेन–जी आन्दोलनमाथि दमनको निन्दा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले जेन–जी पुस्ताको आन्दोलनमा भएको दमनको निन्दा गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकपछि जारी विज्ञप्तिमा सरकारको सामाजिक सञ्जाल नियन्त्रण गर्ने निर्णय र त्यसविरुद्ध युवापुस्तामा बढेको असन्तुष्टिलाई वैधानिक आन्दोलनको स्वरूपमा लिनुपर्ने जनाएको छ ।

‘सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको अविवेकी निर्णयले नौजवान युवाहरू (जेन–जी पुस्ता) मा असन्तुष्टि पैदा भई भ्रष्टाचार तथा कुशासन विरोधी आन्दोलनको रूप लिएको हो । तर सरकार हिंसात्मक दमनमा उत्रिएको छ, जुन लोकतान्त्रिक मूल्यमान्यताको विपरीत छ’, महासचिव घनश्याम भुसालले भनेका छन् ।

भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा लामो समयदेखि सुशासन र रोजगारीको अपेक्षा गरेका जनतालाई निराश पार्ने काम सरकारले गरेको उल्लेख छ। ‘जनताको आवाज सडकमा आउनु स्वाभाविक हो,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले आन्दोलनमाथि भएको दमनको निन्दा गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूको जागरणलाई सम्मान गर्ने प्रतिबद्धता जनाएको छ । साथै सरकारले युवाहरूको जायज माग सम्बोधन गर्नुपर्ने र कुनै पनि प्रकारको दमनकारी गतिविधि नगर्न चेतावनी दिएको छ।

समाजवादीले आन्दोलनलाई उत्तेजनामा पारेर मुठभेडतर्फ धकेल्ने वा जनसमर्थनलाई दुरुपयोग गर्ने प्रयासबाट सचेत रहन देशभरका आन्दोलनकारीलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : ३४ बजे

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ

सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने

काठमाडौं – चलचित्र पत्रकार दिनेश सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन– पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम

भारतको नयाँ बजेट : कर छुट, हाईस्पिड रेलदेखि पाँच राज्य जोड्ने बुद्ध सर्किट निर्माणसम्म

काठमाडौं- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आइतबार संसद्मा बजेट प्रस्तुत गरेकी