रास्वपा सांसद सुमना श्रेष्ठले दिइन् राजीनामा  « Khabarhub

रास्वपा सांसद सुमना श्रेष्ठले दिइन् राजीनामा 


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पनि सांसद पदबाट राजीनामा दिएकी छन् । 

सामाजिक सञ्जाल मार्फत उनले राजीनामा घोषणा गरेकी हुन् ।  

‘सांसदको काम भनेको सरकारलाई जबाफदेही बनाउने हो । तर सरकारले जबाफदेहिताको सिमाना पार गरिसक्यो । यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेस सम्हाल्ने काममा सीमित भएको संसद्मा सदस्य भएर बस्न नैतिकताले दिएको छैन । यसैले सांसद पदबाट राजीनामा दिँदै छु ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

यस अघि रास्वपाका सांसद असिम साह र तोसिमा कार्कीले पनि राजीनामा दिइसकेका छन् । 

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : ०८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र