रास्वपा सांसदहरूको  सामूहिक राजीनामा « Khabarhub

रास्वपा सांसदहरूको  सामूहिक राजीनामा


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बसेको संसदीय दलको बैठकले सबै सांसदहरूले आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको छ । 

अहिले बसिरहेको संसदीय दलको बैठकले सबै सांसदहरूले राजीनामा दिने निर्णय गरेको हो ।

निर्णय लगत्तै केही सांसदहरूले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । 

रास्वपाका शीर्ष नेताका अनुसार उनीहरूले आफूले सांसद पदबाट राजीनामा दिएको जानकारी आज नै सभामुखलाई गराउने बताइएको छ । 

ती नेताका अनुसार सबै सांसदहरूले सामाजिक सञ्जालमा आफूले पदबाट राजीनामा दिएको स्टाटस समेत लेख्ने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अहिले प्रतिनिधिसभामा सभापति रवि लामिछाने बाहेक २० जना सांसदहरू छन् । यो पार्टी देशको चौथो ठूलो शक्ति हो ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : २१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र