पूर्वराष्ट्रपति भण्डारीले भनिन् : युवापुस्ताको आन्दोलनमा हिंसा गलत, जायज माग पूरा गरौँ « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : युवापुस्ताको आन्दोलनमा हिंसा गलत, जायज माग पूरा गरौँ


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारविरुद्ध र सुशासनको मागसहित जेन-जी पुस्ताले सुरू गरेको आन्दोलनमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेकी छन्।

मंगलबार विज्ञप्ति निकालेर उनले प्रहरीको गोली लागेर ठूलो संख्यामा विद्यार्थीले ज्यान गुमाएको घटनाबाट आफू मर्माहत भएको बताएकी छन् ।

उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण र पीडित परिवारप्रति समवेदना प्रकट गरेकी छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

भण्डारीले आन्दोलनमा युवा पुस्ताले उठाएका मागलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘नेपाल सरकार, राजनीतिक दल र सरोकारवालाहरूले संवेदनशील भई वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्न आवश्यक छ।’

उनले हालको तनावलाई संवेदनशील ढंगले समाधान गर्न सरकार, सुरक्षानिकाय, राजनीतिक दल र नागरिक समाज सबैले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : २५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र