भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा छिरे प्रदर्शनकारी « Khabarhub

भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा छिरे प्रदर्शनकारी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको भैंसेपाटीस्थित संघीय सरकारका मन्त्रीहरूको निवासमा प्रदर्शनकारी छिरेका छन् ।

मन्त्रीहरूलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगेसँगै प्रदर्शनकारीहरू गेट फुटाएर मन्त्री निवासमा छिरेका हुन् ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार भैंसेपाटीस्थित मन्त्री निवासमा तीनवटा हेलिकप्टर पुगेका थिए । सेनाको हेलिकप्टर गएको थाहा पाएसँगै उत्तेजित प्रदर्शनकारीहरू मन्त्री निवासको गेट फुटाएर भित्र छिरेका हुन् ।

पुल्चोकस्थित मन्त्री निवास साँघुरो भएको भन्दै दुई वर्षअघि मात्रै मन्त्री निवास बनाइएको थियो । त्यहाँ रहेका मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर अन्यत्र लगेको छ। मन्त्री निवासमा संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीहरूलाई राख्ने गरिएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : २० बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये