भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा छिरे प्रदर्शनकारी « Khabarhub

भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा छिरे प्रदर्शनकारी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको भैंसेपाटीस्थित संघीय सरकारका मन्त्रीहरूको निवासमा प्रदर्शनकारी छिरेका छन् ।

मन्त्रीहरूलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगेसँगै प्रदर्शनकारीहरू गेट फुटाएर मन्त्री निवासमा छिरेका हुन् ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार भैंसेपाटीस्थित मन्त्री निवासमा तीनवटा हेलिकप्टर पुगेका थिए । सेनाको हेलिकप्टर गएको थाहा पाएसँगै उत्तेजित प्रदर्शनकारीहरू मन्त्री निवासको गेट फुटाएर भित्र छिरेका हुन् ।

पुल्चोकस्थित मन्त्री निवास साँघुरो भएको भन्दै दुई वर्षअघि मात्रै मन्त्री निवास बनाइएको थियो । त्यहाँ रहेका मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर अन्यत्र लगेको छ। मन्त्री निवासमा संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीहरूलाई राख्ने गरिएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : २० बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा