‘प्रधानमन्त्रीको राजीनामा आइसक्यो, संवादबाट समाधान खोजौँ’ « Khabarhub

मुख्यसचिव र प्रधान सेनापतिसहितको संयुक्त अपील

‘प्रधानमन्त्रीको राजीनामा आइसक्यो, संवादबाट समाधान खोजौँ’


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुकभर भइरहेको आन्दोलन र त्यस क्रममा भएको जनधनको क्षतिपछि नेपाल सरकारका उच्च अधिकारीहरूले संयुक्त अपील जारी गरेका छन्।

मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

अपिलमा भनिएको छ, ‘यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं।’

उच्च अधिकारीहरूले प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको भन्दै राजनीतिक संवादमार्फत छिटो समाधान खोज्न सबै दल र सरोकारवालालाई आह्वान गरेका छन्।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ३ : २३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र