सुरक्षाको प्रत्याभूति भएपछि मात्र यातायात सेवा दिन निर्देशन « Khabarhub

सुरक्षाको प्रत्याभूति भएपछि मात्र यातायात सेवा दिन निर्देशन


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले शान्ती सुरक्षाको प्रत्याभूति भए पश्चात् मात्र यातायात सेवा दिन निर्देशन दिएको छ ।

महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै सोमबार ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि आन्दोलन झन् चर्किएको भन्दै सहज वातावरण नभएसम्म यातायात सेवा सञ्चालन नगर्न यातायात व्यवसायीलाई निर्देशन दिएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको तथा काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भई नेपाल सरकारबाट विभिन्न स्थानमा कफ्र्यू आदेश भएको हुँदा सवारी साधन सञ्चालन नगर्न आग्रह गरे ।

‘सोमबार भएको दुःखद् घटनाका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भई नेपाल सरकारबाट विभिन्न स्थानमा कफ्र्यू आदेश भएको हुँदा उपत्यकासहित देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको छ,’ उनले भने, ‘सरकारबाट उचित शान्ती सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि उपत्यकासहित देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरेका छौँ ।’

महासङ्घले सोमबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेको उपचार गर्न महासङ्घले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ५ : ५७ बजे

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख