प्रधान सेनापति सिग्देलले भिडियो सम्बोधन गर्दै « Khabarhub

प्रधान सेनापति सिग्देलले भिडियो सम्बोधन गर्दै


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिन भिडियो सम्बोधन गर्न लागेका छन् ।

प्रधानसेनापति सिग्देलले जेन-जी आन्दोलनपछिको घटनाक्रमबारे देशबासीलाई जानकारी गराउन लागेका हुन् ।

सिग्देलले शान्ति सुरक्षा कायम गर्नका लागि सबै नागरिक समक्ष अपिल गर्न लागेका हुन् ।

यसअघि नेपाली सेनाले जेन-जी आन्दोलनको विश्लेषण गरिरहेको जनाएको छ । आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाली सेनाले दुःखसमेत व्यक्त गरेको छ ।

नेपाली सेना, जनसम्पर्क निर्देशनालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको थियो, ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध रहेको छ ।’

सेनाले सार्वजनिक सम्पत्तिको रक्षा हुनुपर्ने बताउँदै विज्ञप्तिमा भनेको थियो, ‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।’

विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेनाले सबैमा अपिल गरेको थियो ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ७ : १५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र