हिमाचल प्रदेशमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना घाइते « Khabarhub

हिमाचल प्रदेशमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना घाइते


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तर राज्य हिमाचल प्रदेशमा ठूलो पहिरो जाँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

मंगलबार बिहान कुल्लु जिल्लाको शरमणी गाउँमा पहिरो जाँदा उक्त घटना भएको हो। राजधानी सिमलाबाट करिब २१० किलोमिटर टाढा पर्ने उक्त गाउँमा पहिरो जाँदा घरहरू पुर्ने स्थिति आएको बताइएको छ।

स्थानीय अधिकारीले जानकारी दिएअनुसार, पहिरो गएको बेला सबै बासिन्दा निद्रामा थिए, जसले गर्दा समयमै सुरक्षित स्थानमा जान सक्ने मौका पाएका थिएनन्।

मृतकमध्ये दुई महिला र दुई जना साना बालबालिका रहेका छन्। घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मनसुन सुरु भएयता हिमाचल प्रदेशमा निरन्तर बाढी, पहिरो र बादल फुट्ने घटनाहरूले ठुलो जनधनको क्षति पुर्‍याइरहेका छन्।

राज्य आपतकालीन सञ्चालन केन्द्रद्वारा जारी प्रतिवेदनअनुसार, जुन २० देखि सेप्टेम्बर ९ सम्मको अवधिमा मात्रै ३७८ जनाको मृत्यु, ४० जना बेपत्ता र ४३७ जना घाइते भएका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : २१ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा