हिमाचल प्रदेशमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना घाइते « Khabarhub

हिमाचल प्रदेशमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना घाइते


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तर राज्य हिमाचल प्रदेशमा ठूलो पहिरो जाँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

मंगलबार बिहान कुल्लु जिल्लाको शरमणी गाउँमा पहिरो जाँदा उक्त घटना भएको हो। राजधानी सिमलाबाट करिब २१० किलोमिटर टाढा पर्ने उक्त गाउँमा पहिरो जाँदा घरहरू पुर्ने स्थिति आएको बताइएको छ।

स्थानीय अधिकारीले जानकारी दिएअनुसार, पहिरो गएको बेला सबै बासिन्दा निद्रामा थिए, जसले गर्दा समयमै सुरक्षित स्थानमा जान सक्ने मौका पाएका थिएनन्।

मृतकमध्ये दुई महिला र दुई जना साना बालबालिका रहेका छन्। घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मनसुन सुरु भएयता हिमाचल प्रदेशमा निरन्तर बाढी, पहिरो र बादल फुट्ने घटनाहरूले ठुलो जनधनको क्षति पुर्‍याइरहेका छन्।

राज्य आपतकालीन सञ्चालन केन्द्रद्वारा जारी प्रतिवेदनअनुसार, जुन २० देखि सेप्टेम्बर ९ सम्मको अवधिमा मात्रै ३७८ जनाको मृत्यु, ४० जना बेपत्ता र ४३७ जना घाइते भएका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : २१ बजे

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल