भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी « Khabarhub

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएपछि आक्रोशित भिडले प्रहरीलाई तितरवितर पारी ओली निवास प्रवेश गरी तोडफोड गर्नुका साथै दुईवटै घरमा आगजनी गरेका छन् । आगजनीबाट घर पूर्ण रूपमा क्षति भएको छ ।

त्यसैगरी पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मध्यपुरथिमि–१ लोकन्थलीस्थित घरमा प्रदर्शनकारीले तोडफोड गरी आगो लगाइदिएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एमाले नेता महेश बस्नेतको घरमा पनि प्रदर्शनकारीले तोडफोड गरी आगजनी गरेका छन् ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका राधेराधेस्थित यातायात कार्यालयमा तोडफोड गरी कार्यालयको एक गाडी र कार्यालयभित्रका सम्पूर्ण सामान बाहिर निकालेर आगजनी गर्नुका साथै यातायात कार्यालयको भवनमा समेत आगजनी गरेका छन् ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय भक्तपुर प्रहरी परिसर भक्तपुर र आसपासका कार्यालहरू समेत तोडफोड र आगजनी गरिएको छ । सल्लाघारीस्थित ट्राफिक प्रहरी परिसर भक्तपुरको कार्यालय तोडफोडसहित ध्वस्त पारिएको छ भने सडकमा राखिएको प्रहरीको बिटहरूसमेत आगो लगाएका छन् ।

प्रर्दशनकारीले प्रहरी वृत्त जगातीमा तोडफोड गरी प्रहरी नायब उपरीक्षकको गाडी जलाएका छन्भने वृत्तमा आगजनी गरेका छन् । प्रहरी प्रभाग खरिपाटी तोडफोड गरेका छन् । प्रदर्शनकारी साँझ ७ः०० बजे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट प्रवेश गरी तोडफोड गरिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ३४ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय