जेनजीलाई पारसको आग्रह : अब नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ « Khabarhub

जेनजीलाई पारसको आग्रह : अब नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का वर्तमान सचिव पारस खड्काले जारी आन्दोलनको क्रममा संयमता अपनाउन सबैलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै यो विद्रोहमा जनताको जीत भइसकेको भन्दै अब नयाँ नेपालको निर्माणतर्फ लाग्नुपर्ने बताएका छन्।

“यो विद्रोहमा यहाँको जीत भइसकेको छ। परिवर्तनको यो लडाइँमा अब सबैजनाले संयमता अपनाई नयाँ नेपालको सिर्जनामा सहयोग गर्नुहोस्,” उनले लेखेका छन्।

उनले आक्रोश र रिसलाई सकारात्मक सोच र योजनामा बदल्नुपर्नेमा जोड दिएका छन्। खड्काले भनेका छन्, “यो रिसलाई अब देश बनाउने सोच, विचार अनि योजनामा बदल्नुपर्छ। हामी अघिल्लो पुस्ताभन्दा फरक छौँ भनेर प्रमाणित गर्ने योभन्दा सही समय अरू हुँदैन।”

पारसले सबै आन्दोलनकारी र नागरिकलाई संयमित भएर अगाडि बढ्न आग्रह गर्दै नयाँ नेपाल निर्माणमा एकताबद्ध भई लाग्नुपर्ने संदेश दिएका छन्।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ८ : ५४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र