झापाका दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड, खोसिएका हतियार सेनालाई बुझाइयो | Khabarhub Khabarhub

झापाका दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड, खोसिएका हतियार सेनालाई बुझाइयो


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

झापा – जेनजी पुस्ताको आन्दोलनका क्रममा आज झापाका एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितका घरमा आगजनी र तोडफोड भएको हो ।

त्यस्तै सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका जिल्लास्तरीय नेतासहितको घरमा आगजनी र तोडफोड भएको हो । एमाले, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०को जिल्लास्थित पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले बिहानैबाट निषेधाज्ञा जारी गरेपनि निषेधाज्ञाको उल्लङ्घन गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले झापाका दर्जर्नौँ सरकारी कार्यालय सहितका भौतिक संरचनामा क्षति पुर्‍याएका हुन् ।

बिहानैदेखि आन्दोलनमा उत्रिएको जेनजी पुस्ताका युवा समूहले बिर्तामोडमा प्रदर्शन गरेका थिए । सो क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गर्दै स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर अर्जुनधाराका एक युवाको मृत्यु र अन्य तीन जना घाइते भएसँगै थप आन्दोलित भएका उनीहरूले सरकारी कार्यालय तोडफोड र आगजनी गरेका थिए । आन्दोलनमा उत्रिएको समूहले दिनभर सरकारी कार्यालय र नेताका घर छानीछानी आगजनी गरेका थिए ।

प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ स्थित लक्ष्मीपूर निवासी गोपाल सुवेदीको मृत्यु भएको थियो । त्यसपछि उनीहरूले इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा नियन्त्रणमा लिँदै हतियारसमेत खोसेर कार्यालयमा आगजनी गरेका थिए ।

आगजनीका कारण दुवै कार्यालय पूर्णरूपमा जलेर नष्ट भएका छन् । योसँगै प्रर्दशनकारीले प्रहरीको हतियार समेत खोसेर लगेका थिए । तर, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसँगको समन्वयमा जेनजी पुस्ताले मानवअधिकारकर्मीको रोहवरमा अरिदमनगण चालआलीलाई हतियार बुझाएका थिए ।

जेनजी पुस्ताको समूहले बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, मेचीनगरपालिका, कनकाई नगरपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुरस्थित भन्सार कार्यालय, बिर्तामोडस्थित यातायात कार्यालय, नेपाल टेलिकम, विभिन्न पालिकाका वडा कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । आगजनी र तोडफोडका कारण के कति क्षति भयो भन्न सक्ने अवस्था नरहेको बताइएको छ ।

यता बिर्तामेडस्थित भाटभटेनी सुपर मार्केटमा समेत साँझ प्रर्दशनकारीले आगजनी र तोडफोड गरेका छन् । जेनजी पुस्ताका युवा समूहले कोशी प्रदेशका प्रदेशसभा सदस्य गोपाल तामाङ, मेची नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, योजना शाखा प्रमुख अनन्त प्रकाश वस्ती, बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी, नगरप्रमुख पवित्रा महतारा प्रसाई, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, कांग्रेस झापाका सभापति देउकुमार थेवेलगायतका घरमा आगजनी र तोडफोड भएको छ ।

आन्दोलनरत पक्षलाई संयमता अपनाउन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पटकपटक आग्रह गर्दासमेत जेनजी पुस्ताको समूहले आन्दोलन रोकेको छैन । आन्दोलनका कारण झापा दिनभर असान्त बनेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ९ : ४१ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका