जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु « Khabarhub

जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई दिनदेखि जारी जेन-जी प्रदर्शनको आडमा लुटेरा समूहले काठमाडौँमा बैङ्क लुटपाट गर्न थालेको छ ।

राष्ट्रिय वाणिज्य बैङ्क बानेश्वर शाखामा लुटपाट भइरहेको खबर एकजना कर्मचारीले दिएका छन् । ती कर्मचारीका अनुसार लुटपाटमा जेन-जी भन्दा अन्य अराजक व्यक्तिहरू देखिएका छन् ।

पहिलो दिन सोमबार भएको प्रदर्शनमा सरकारले दमन गरेपछि आक्रोशित प्रदर्शनकारीले आज देशका महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा आगजनी गरी तहसनहस पारिदिएका छन्‌ ।

संसद्‌ भवन, सर्वोच्च अदालत र सिंहदरबारमा लागेको आगो अझै निभाउन सकिएको छैन । जेन-जी प्रदर्शन आयोजकहरूले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन निरन्तर आग्रह गर्दा पनि प्रदर्शनकारीहरूले राज्यका महत्वपूर्ण निकायमा आगजनी गरेका हुन्‌ ।

स्थिति निरन्तर नियन्त्रणबाहिर गएपछि आजै राती १० बजेदेखि नेपाली सेना परिचालन हुँदैछ । सेनाले आन्दोलन फिर्ता लिएर वार्तामा आउन जेन-जी अभियानलाई आग्रह पनि गरिसकेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ९ : ४३ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी