नख्खु जेलबाट निस्किए संजय टकला « Khabarhub

नख्खु जेलबाट निस्किए संजय टकला


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनका क्रममा नख्खु जेलमा पुगेको भिडले पूर्वराज्यमन्त्री संजयकुमार साहलाई समेत बाहिर निकालेको छ।

साहलाई संजय ‘टकला’ नामले चिनिन्छ। आन्दोलन उग्र बन्दै जाँदा रास्वपा सभापति रवि लामिछानेसहित अन्य कैदीहरू जेलमुक्त भएपछि उनी पनि बाहिरिएका हुन्।

जनकपुरका साह १२ वर्षदेखि जन्मकैदको सजाय भोगिरहेका थिए। उनीमाथि २०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्द चौकमा भएको बम विस्फोटमा संलग्न भएको आरोप छ, जसमा पाँचजनाको ज्यान गएको थियो। त्यस्तै, सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या योजनामा पनि उनको नाम जोडिएको छ।

जेलबाट बाहिरिएपछि साहले सामाजिक सञ्जालमार्फत आफू निर्दोष भएको दाबी गरेका छन्। न्यायालय र दलहरूको आडमा निर्दोषलाई दोषी ठहर गरिने गलत अभ्यासकै सिकार आफू भएको उनले बताएका छन्। साथै, उनले जेनजी आन्दोलनको खुलेर प्रशंसा गरेका छन्।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १० : १९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र