नख्खु जेलबाट निस्किए संजय टकला « Khabarhub

नख्खु जेलबाट निस्किए संजय टकला


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनका क्रममा नख्खु जेलमा पुगेको भिडले पूर्वराज्यमन्त्री संजयकुमार साहलाई समेत बाहिर निकालेको छ।

साहलाई संजय ‘टकला’ नामले चिनिन्छ। आन्दोलन उग्र बन्दै जाँदा रास्वपा सभापति रवि लामिछानेसहित अन्य कैदीहरू जेलमुक्त भएपछि उनी पनि बाहिरिएका हुन्।

जनकपुरका साह १२ वर्षदेखि जन्मकैदको सजाय भोगिरहेका थिए। उनीमाथि २०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्द चौकमा भएको बम विस्फोटमा संलग्न भएको आरोप छ, जसमा पाँचजनाको ज्यान गएको थियो। त्यस्तै, सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या योजनामा पनि उनको नाम जोडिएको छ।

जेलबाट बाहिरिएपछि साहले सामाजिक सञ्जालमार्फत आफू निर्दोष भएको दाबी गरेका छन्। न्यायालय र दलहरूको आडमा निर्दोषलाई दोषी ठहर गरिने गलत अभ्यासकै सिकार आफू भएको उनले बताएका छन्। साथै, उनले जेनजी आन्दोलनको खुलेर प्रशंसा गरेका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : १९ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय