मंसिरभित्रै नियमित महाधिवेशन गर्न कांग्रेस बैठकमा दबाब, महेन्द्र र उमाकान्तको फरक मत « Khabarhub

मंसिरभित्रै नियमित महाधिवेशन गर्न कांग्रेस बैठकमा दबाब, महेन्द्र र उमाकान्तको फरक मत



काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक बिहीबारबाट सुरु भएको छ । बिहीबारको बैठकमा ९–१० जना पदाधिकारीले आफ्नो धारणा राखे ।

आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित थिएनन् । स्वास्थ्य अवस्था ठीक नभएका कारण उनी बैठकमा नआएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत बताउँछन् ।

बैठक शुक्रबार १ बजे फेरि बस्नेगरी सकिएको छ । शुक्रबारको बैठकमा पनि देउवा उपस्थित नहुने नेताहरूले सङ्केत गरेका छन् ।

यसबारे प्रश्न गर्दा प्रवक्ता महतले भने, ‘मलाई जानकारी भएसम्म उहाँ उपस्थित हुनुहुन्न होला । २६ गते केन्द्रीय कमिटी बैठकमा आउने कुरा छ ।’

नियमित महाधिवेशनको पक्षमा बहुमत

कांग्रेसमा नियमित महाधिवेशनको ४ वर्षे अवधि मंसिरमा सकिँदै छ । आज बोल्ने नेताहरू मध्ये डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता विमलेन्द्र निधिले मंसिरभित्रै विशेष महाधिवेशन गर्न प्रस्ताव गरे ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार समयमै महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिनुपर्ने धारणा डा. कोइरालाले राखेका थिए । ‘संस्थापन पक्षका नेताहरूले स्वाभाविक रूपमा मंसिरमा महाधिवेशन नगरौँ भन्ने कुरा गर्नुभयो । अरू सबै नेताले मंसिरमा महाधिवेशन गर्नुपर्छ भन्नुभएको छ ।’ कांग्रेसका ती पदाधिकारीले खबरहबलाई भने, ‘देशको अन्यौल चिर्न र पार्टीलाई वैचारिक रूपमा अगाडि बढाउन मंसिरमा महाधिवेशन गरेर फागुनमा निर्वाचन फेस गर्नुपर्छ भन्ने आवाज बलियो छ ।’

नेता डा. कोइरालाले पार्टी रक्षाका लागि विषम परिस्थितिमा संयम हुनुपर्ने बताए । ‘विषम परिस्थिति छ । हामीले हेलचेक्र्याइँ गरे आन्दोलन थप बढ्न सक्छ । हामीले जतिसक्दो चाँडो नियमित महाधिवेशन बोलाउनुपर्छ ।’ डा. कोइरालाको भनाइ उद्धृत गर्दै कांग्रेसका अर्का पदाधिकारीले भने, ‘नियमित महाधिवेशन निर्वाचनअगाडि नगरे पार्टी दुर्घटनामा जानसक्छ । यो व्यक्तिको कुरा होइन, पार्टीको हो । नयाँ ऊर्जा भर्नका लागि पनि महाधिवेशन अपरिहार्य छ भन्नुभयो ।’

कोइरालाको भनाइमा विमलेन्द्र निधि र अन्य नेताले पनि सहमति जनाएका थिए । बैठकमा कार्यवाहक तोकेर निर्वाचनपछि महाधिवेशन गर्दा पार्टी खरानी हुने धारणा महामन्त्री थापाले राखेका थिए ।

उनले पार्टीलाई ऊर्जावान बनाउनका लागि नियमित महाधिवेशनको विकल्प नियमित महाधिवेशन भएकाले दायाँबायाँ सोच्न नहुने तर्क गरे । आजको बैठकमा संस्थापन इतर पक्षका नेताहरूको एकै स्वर थियो ।

मंसिरमा महाधिवेशन गर्न नसकिने अडान

कांग्रेस संस्थापन पक्षका नेताले मंसिरमा महाधिवेशन गरेर जान समय नपुग्ने धारणा राखेका छन् । कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, उमाकान्त चौधरीले मंसिरमा हचुवामा भरमा महाधिवेशन गर्न नसकिने धारणा राखेका थिए । उनीहरूले फागुनको निर्वाचन फेस गरेर मात्र निर्वाचन गर्नुपर्ने धारणा राखेको कांग्रेसका अर्का पदाधिकारी बताउँछन् ।

‘चुनावपछि महाधिवेशन गरेर जान सकिन्छ । बाहिर हल्ला आयो भन्दैमा हामी घर फुटाउन लाग्नु हुँदैन । अहिले अन्तरिम सरकारको नेतृत्व पनि ७० काटेकै व्यक्तिले गर्नुभएको छ ।’ उनीहरूको भनाई उद्धृत गर्दै अर्र्का पदाधिकारीले भने, ‘उहाँहरू त निर्वाचन फेस गरेर मात्र महाधिवेशन गरौँ भन्ने पक्षमा हुनुहुन्छ । उहाँहरू भन्दा पनि संस्थापन पक्षको यो लाइन छ ।’

बैठकमा कार्यकारी तोकेर महाधिवेशनसम्म जाने कि देउवा नै सभापति रहेर महाधिवेशन गर्ने भन्नेबारे निर्णय गर्न देउवालाई नै छाड्नुपर्ने कुरा उठेको थियो । यो कुरा उठेपछि महामन्त्रीद्वय, उपसभापति गुरुङ लगायतले अहिले कार्यकारी तोकेर जाने भन्दा पनि विशेष महाधिवेशनमा नै जोड दिनुपर्ने कुरा राखे ।

बैठकमा को–को बेले ?

आजको बैठकमा उपसभापति गुरुङ, महामन्त्रीद्वय, चार जना सहमहामन्त्रीहरु, नेताहरु डा. कोइराला, बिमलेन्द्र निधिले आफ्नो धारणा राखेका थिए । बैठकमा सभापति उपस्थित नभएपछि उपसभापति पूर्णबहादुर खड्काले सभापतित्व गरेका थिए । अन्य पदाधिकारीले शुक्रबार धारणा राख्ने कार्यक्रम छ ।

अन्तिममा उपसभापति खड्काले सबैको राय सुनेर नै नेतृत्वले जवाफ दिने बताउँदै उठेका प्रश्नलाई टिपोट गरेको बताए । उनले यो कुरा असोज २६ गते बस्ने केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ९ : ४६ बजे

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा