ठेकेदारले समयमा काम नगर्दा देश र जनतालाई घाटा भयो : मन्त्री घिसिङ « Khabarhub

ठेकेदारले समयमा काम नगर्दा देश र जनतालाई घाटा भयो : मन्त्री घिसिङ


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पाटन (ललितपुर)- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गरे ।

‘ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या भएको छ, नेपालको कानुनले कुनै पनि काम ठेक्का विना गर्न दिँदैन, ठेक्का व्यवस्थापन नहुँदा रोजगारी, अर्थतन्त्रमा समेत असर पर्छ,’ उनले भने ।

घिसिङले ठेक्का सम्पन्न भएपछि समयमा भुक्तानी नगर्ने र निर्णय नगर्नेलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । उनले नेपालमा लगानी सम्मेलनभन्दा ठेकेदारहरूको सम्मेलन गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।

संवादको सुरुवातमै पूर्वाधारविज्ञ एवम् पूर्वसचिव अर्जुनजंग थापाले ठेक्का तोड्ने सरकारी नीति र त्यसको प्रभावबारे प्रस्तुतीकरण गरेका थिए। रासस

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : ५३ बजे

दक्षिण कोरियाका राष्ट्रपति ऐतिहासिक ‘ब्लू हाउस’मा फर्कने प्रक्रिया सुरु

एजेन्सी– दक्षिण कोरियाका राष्ट्रपति ली जाई म्युङ र उनको टोलीले

प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु

सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

दोलखा– दोलखाको लामाबगरस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर

इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त सम्पन्न, लेनिसा घिमिरेलाई छात्रवृत्ति

काठमाडौं- इटहरीको सोल्टी वेस्टेन्डमा इटहरी इन्टरनेशनल कलेजले वार्षिक दीक्षान्त समारोह

विश्वले अभूतपूर्व जल संकटको सामना गरिरहेको छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले विश्व अभूतपूर्व