नाइजेरियाका राष्ट्रपतिद्वारा अपहरण गरिएका सय भन्दा बढी विद्यार्थीको उद्धारको पुष्टि « Khabarhub

नाइजेरियाका राष्ट्रपतिद्वारा अपहरण गरिएका सय भन्दा बढी विद्यार्थीको उद्धारको पुष्टि


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत महिना नाइजेरियाको एक विद्यालयमा आक्रमण गरी सयौँ विद्यार्थी र शिक्षकहरूलाई अपहरण गर्ने सन्दिग्ध आतंककारीहरूबाट कम्तिमा १०० जना विद्यालय विद्यार्थीहरू उद्धार गरिएको पुष्टि गरेका छन्  । 

विज्ञप्ति जारी गर्दै राष्ट्रपति टिनुबुले स्थानीय सुरक्षा एजेन्सीहरूलाई राज्यको पापिरी क्षेत्रमा नोभेम्बर-२१ मा भएको आक्रमणपछि अझै पनि बन्दी बनाइएका अन्य पीडितहरूलाई उद्धार गर्ने प्रयास जारी राख्न निर्देशन दिए ।

यस अघि, सुरक्षा बलले घटनाको केही दिन पछि आक्रमणमा अपहरण गरिएका ३१५ विद्यार्थी र शिक्षकहरू मध्ये कम्तीमा ५१ जनालाई उद्धार गरेको थियो ।

‘नाइजर राज्यको क्याथोलिक स्कुलबाट १०० जना विद्यार्थीहरू सुरक्षित फर्केको बारेमा मलाई जानकारी दिइएको छ, म गभर्नर उमर बागोसँग खुसी छु र दुर्भाग्यपूर्ण घटना पछि विद्यार्थीलाई उनीहरूको परिवारमा सुरक्षित फिर्ता सुरक्षा एजेन्सीहरूले गरेको दृढ कार्यको प्रशंसा गर्दछु’ टिनुबुले भने। 

 यसैबीच अपहरण गरिएका सबै विद्यार्थीहरूलाई उनीहरूका परिवारसँग पुनर्मिलन गर्ने प्रयास सरकारले जारी राख्ने राष्ट्रपतिले अभिभावकहरूलाई आश्वासन दिएका छन्। उनले सुरक्षा फौजलाई देशभरबाट अपहरण गरिएका सबै विद्यार्थी र अन्य नाइजेरियालीहरूलाई उद्धार गरी सुरक्षित घर ल्याउन निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् ।
  
उहाँले सबै पीडितहरूको यकिन गरी नाइजेरियाली सरकारले विद्यालयहरू सुरक्षित गर्न र युवाहरूका लागि सुरक्षित र अनुकूल सिक्ने वातावरण सिर्जना गर्न काम जारी राख्ने विश्वास पनि दिलाए। 

टिनुबुले अब देखि सुरक्षा एजेन्सीहरूलाई ३६ वटै राज्यका गभर्नरहरूसँग मिलेर भविष्यमा हुने अपहरणहरू रोक्नका लागि रोकथामका उपायहरू अपनाउन निर्देशन दिए । 
 
 

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ४ : ०० बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ