प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु « Khabarhub

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडललाई भेटेका छन् ।

शीतल निवास पुगेका उनले राष्ट्रपति पौडेललाई संविधान संशोधन अघि बढाउन कार्यदल बनाउन लागेको जानकारी दिएका छन् ।

‘संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु’, ओलीले राष्ट्रपतिसँगको संवादका क्रममा भनेको भनाइबारे स्रोतले भन्यो, ‘सत्तारुढ दुई दलको सहकार्य संविधान संशोधनको एजेन्डाकै लागि भएको थियो । त्यहीअनुसार संविधान संशोधनका लागि कार्यदल बन्दैछ ।’

ओलीले कार्यदल बनाउने कुराबारे राष्ट्रपतिलाई ब्रिफिङ गरे पनि विस्तृत खुलाएनन् । उनले कार्यदलमा रहने सदस्यहरूबारे पनि विस्तृत ब्याख्या नगरेको शीतल निवास स्रोतले जनाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई साथमा लिएर प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए ।

शीतल निवासमा शुक्रबार भएको भेटमा देशको समसामयिक विषयमा छलफल भएको जानकारी राष्ट्रपतिको सचिवालयले दिएको छ । तर ओलीको ब्रिफिङबारे शीतल निवासका अधिकारीहरूले केही खुलाएको छैनन् ।

पछिल्लो समय सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चा छ । अर्कातिर नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनबारे पनि मतभिन्नता देखिइरहेको छ ।

ओलीले आठौं केन्द्रीय कमिटी बैठकमा संविधान संशोधन २०८७ पछि मात्रै गर्ने भनेको भन्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितले आपत्ति जनाएका थिए । सहमतिविपरीत बोलेको भन्दै कांग्रेसबाट आलोचना भइरहेका बेला ओलीले राष्ट्रपतिकहाँ संविधान संशोधनको योजना सुनाएका हुन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : ०१ बजे

ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अर्को हप्ता डेनमार्कका अधिकारीहरूसँग भेट

रवि भेटेका राजेन्द्र भन्छन्, ‘हामीबीच मनमुटाव छैन, पृथ्वी जयन्तीको निम्तो दिएँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीका

सहमतिको मसी नसुक्दै रास्वपासँग बिच्किए कुलमान, दोस्रो तह नेता एकता भाँड्न सक्रिय भएको आरोप

काठमाडौं– उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने भनिएको

यमन नेता तस्करीको आरोपले साउदी-युएई तनाव

दुबई– साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (युएई) ले यमनमा राजद्रोहको

निःशुल्क शिविर : २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया

बरहथवा– सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल