'जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ' | Khabarhub Khabarhub

‘जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ’


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपालले विश्वलाई सन्देश दिनुपर्नेमा जोड दिएका छन् ।

वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा पार्टी कार्यालय सानेपामा आज आयोजित वन, वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी कार्यपत्र प्रस्तुतिकरण कार्यक्रममा बोल्दै सभापति देउवाले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधन प्रयोगलाई बढाउनुपर्ने बताए। 

‘जलवायु परिवर्तनको असरले नेपाल पीडित छ, यसको असर न्यूनीकरणका लागि नेपालले चाहेर मात्रै हुँदैन, नेपालले विश्वलाई सन्देश दिनेगरी गर्नसक्ने विषय धेरै छन्,’ उनले भने।

उनले काठमाडौँ उपत्यकामा मात्रै विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सके जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो उपलब्धि हुने धारणा राखे।

‘समुन्द्री सतह बढेको छ, हिमाल नाङ्गो भइरहेको छ, त्यसैले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तन हो’, सभापति देउवाले भने। उनले देशमा ६० प्रतिशत जंगल बचाउन सकेमा मात्रै  ठूलो मद्दत पुग्ने बताए।

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले नेपालले अन्तर्राष्ट्रियस्तरमा जलवायु परिवर्तनको मुद्दाको नेतृत्व गर्नुपर्नेमा जोड दिए । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनको समस्या सृजना गर्नमा हाम्रो योगदान नगन्य भए पनि जलवायु संकट समाधान गर्नमा, नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले जलवायु परिवर्तनको विषयमा पार्टीभित्र नीति तय गरी कानुन निर्माणमा क्रियाशील रहने बताए। कार्यक्रममा जलवायु परिवर्तनको विषयमा अनुसन्धानरत विज्ञहरूले कार्यपत्र प्रस्तुतीकरण गरेका थिए । 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : १४ बजे

‘राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय

जसपाका फरार नेता यादवको आपत्तिजनक भनाइ- नेपालबाट मधेश एक दिन अलग हुन्छ, भारतले सघाउँछ

काठमाडौं- प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का मधेश

गृहमन्त्रीलाई प्रभु साहको प्रश्न- तपाईँको कमान्डमा सुरक्षा निकाय छ कि छैन ?

काठमाडौं– प्रतिनिधिसभा सदस्य प्रभु साहले सुरक्षा निकायका सिपाहीहरूलाई घरेलु काममा

संसद्‍मा गोकुल बाँस्कोटाको आक्रोश- असार लागेपछि मल र मन्त्री हराउँछन् 

काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानले मलखाध नपाएको भन्दै

रविको पक्षमा कलाकारको हस्ताक्षर : राष्ट्रका गहना दल विशेषको शिखण्डी बन्नु कति उचित ?

काठमाडौं – सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति