संस्कृति संरक्षणका लागि बहुजातीय सांस्कृतिक कार्यक्रम  आयोजना  « Khabarhub

संस्कृति संरक्षणका लागि बहुजातीय सांस्कृतिक कार्यक्रम  आयोजना 


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिकाले विभिन्न जातिका मौलिक भाषा, कला, संस्कार र संस्कृति संरक्षणका लागि व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

नगरपालिकाले नगरपालिकाभित्र बसोबास गर्ने सबै  समुदायका मौलिक भाषा, साहित्य, कला, संस्कार, संस्कृति जगेर्ना, उत्थान र संवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्ने जनाएको हो ।

व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको समन्वयमा आगामी फागुन ७, ८ र ९ गते व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम हुने नगरप्रमुख कुलपति वैकुण्ठ न्यौपानेले बताए ।

उपप्रमुख इन्दिरा दरैले सांस्कृतिक महोत्सवले जातीय विभेद घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

सांस्कृतिक कार्यक्रममा झाँकीसहितको शोभायात्रा, बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकला पनि प्रदर्शनी गरिनेछ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : २६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा