संस्कृति संरक्षणका लागि बहुजातीय सांस्कृतिक कार्यक्रम  आयोजना  « Khabarhub

संस्कृति संरक्षणका लागि बहुजातीय सांस्कृतिक कार्यक्रम  आयोजना 


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिकाले विभिन्न जातिका मौलिक भाषा, कला, संस्कार र संस्कृति संरक्षणका लागि व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

नगरपालिकाले नगरपालिकाभित्र बसोबास गर्ने सबै  समुदायका मौलिक भाषा, साहित्य, कला, संस्कार, संस्कृति जगेर्ना, उत्थान र संवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्ने जनाएको हो ।

व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको समन्वयमा आगामी फागुन ७, ८ र ९ गते व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम हुने नगरप्रमुख कुलपति वैकुण्ठ न्यौपानेले बताए ।

उपप्रमुख इन्दिरा दरैले सांस्कृतिक महोत्सवले जातीय विभेद घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

सांस्कृतिक कार्यक्रममा झाँकीसहितको शोभायात्रा, बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकला पनि प्रदर्शनी गरिनेछ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : २६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र