वैदेशिक रोजगारीमा साढे १४ लाख ठगी, दुई जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा साढे १४ लाख ठगी, दुई जना पक्राउ


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको लागि पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं-१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ घर बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठारा र लामालाई आइतबार पक्राउ गरेको हो। 

जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख रुपैयाँ रकम ठगी गरेको आरोप छ। यस्तै, लामाले जापान पठाइदिने बहानामा एक व्यक्तिबाट ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयले जनाएको छ।

आकर्षक तलबको प्रलोभन पारेर रकम बुझेपछि फरार भएका जेठारा र लामाविरूद्ध पीडितले प्रहरीमा जाहेरी दिएका थिए। दुबैलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ७ : ०८ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको