चरेससहित पर्सामा तीन जना पक्राउ « Khabarhub

चरेससहित पर्सामा तीन जना पक्राउ


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

 
पर्सा– पर्सा प्रहरीले चरेससहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-२ का २३ वर्षीय लडु राम, पर्सा बिन्दवासिनी गाउँपालिका-३ का ३५ वर्षीय सरोज साह र वीरगन्ज महानगरपालिका-११ का २३ वर्षीय रवि चौधरी रहेका छन्।

उनीहरूलाई वीरगन्ज महानगरपालिका-१५ ब्रहमचोकबाट फागुन २४ गते राति साढे १० बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

कोठा भाडामा लिएर बसेका तीनै जनालाई प्रहरी चौकी भीष्वाडाँडाबाट खटिएको टोलीले पक्राउ गरेको मिश्रले बताए।

उनीहरूको कोठाबाट ६ किलो ५९० ग्राम चरेस बरामद भएको छ। पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : ३५ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको