न्यायाधीशले विवेकपूर्ण तरिकाले निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत | Khabarhub Khabarhub

न्यायाधीशले विवेकपूर्ण तरिकाले निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्याय पर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आज ‘दोस्रो महिला न्यायाधीश सम्मेलन–२०८१’ को उद्‌घाटन गर्दै उनले महिला न्यायाधीशको गौरव गरिरहँदा न्यायालयको गरिमा र मर्यादालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए। 

‘महिला न्यायाधीशको उपस्थितमा गौरव गरिरहँदा न्यायको स्वच्छता, विवेकपूर्ण निर्णय जरूरी छ’, प्रधानन्यायाधीश राउतले भने, ‘न्यायको उपभोक्तालाई न्यायपर्ने गरी, न्यायालयको गरिमा र  मर्यादालाई ध्यानमा राखेर काम गर्न जरूरी छ ।’

 उनले महिला न्यायाधीशलाई घर, परिवार, न्याय सम्पादनको काम गर्नुपर्ने जिम्मेवारी भए पनि मेहनत गरेमा निसन्देह सफलता हासिल हुने विश्वास व्यक्त गरे। 

नेपालको प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले पछिल्लो तीन वर्षमा महिला न्यायाधीशको उपस्थित राम्रो हुँदै गएको र महिला न्यायाधीशमा क्षमता, साहस र अध्ययन जरूरी भएको बताए। उनले न्यायिक निर्णय गर्दा न्याय पर्नेगरी निर्धक्क भएर गर्नुपर्ने र त्यसका लागि महिला न्यायाधीश अब्बल हुनुपर्नेमा जोड दिए । 

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले न्यायको सेवा दिने बेलामा महिला न्यायाधीश मात्रै संवेदनशील हुन्छन्, भन्ने नभए पनि महिला न्यायाधीशको उपस्थित महत्त्वपूर्ण भएको बताए। उनले क्षमताको प्रश्न आउँदा महिला न्यायाधीशको मात्रै बढी आउने भएकाले क्षमता अभिवृद्धि, अध्ययनमा बढी ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । 

सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाजका अध्यक्ष तिलप्रसाद श्रेष्ठले गुणस्तरीय न्यायका लागि यस्ता सम्मेलन जरूरी भएको र न्याय सम्पादनमा समेत सहज हुने बताए।

न्यायाधीश समाज नेपालका महासचिव टेकनारायण कुँवरले न्यायिक क्षेत्रमा महिला सहभागिता र न्यायालयमा लैङ्गिक समानता दिलाउन आवश्यक छलफल गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जानकारी दिए। 

सम्मेलनमा ५० जना देशभर कार्यरत महिला न्यायाधीश र १० जना पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीश गरी ६० जनाको सहभागिता रहेको छ । सम्मेलनमा प्रथम महिला प्रधानन्यायाधीश कार्कीलाई न्याय क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै प्रधानन्यायाधीश राउतले सम्मान गरेका थिए ।

सम्मेलनमा न्यायपालिकामा समावेशिता र महिला न्यायाधीशको प्रतिनिधित्व, चुनौती र सम्भावनाका विविध विषयमा छलफल भइरहेको छ । यसअघि, गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो । 
 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : ४० बजे

माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

 अछाम– अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला 

काठमाडौं– नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)

भरतपुर वितरण केन्द्रमा विद्युत् चुहावट घट्दै

 चितवन– भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको छ  ।

पोखरामा कोटिहोम गर्न दिने सहमति, विवाद समाधान समिति गठन

पोखरा– पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम आयोजना गर्न दिने

पूर्वराजा ज्ञानेन्द्रप्रति कांग्रेस पनि आक्रामक

काठमाडौं– शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहका गतिविधिप्रति सत्ताको नेतृत्व