एकीकृत समाजवादीले भन्यो- पूर्वराजाले विगतमा गरेका कु-कर्मको भण्डाफोर गरौँ « Khabarhub

एकीकृत समाजवादीले भन्यो- पूर्वराजाले विगतमा गरेका कु-कर्मको भण्डाफोर गरौँ


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले परिवर्तनका पक्षधरहरू एक भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधि जनताको चाहना र भावनाविपरीत रहेको पनि ठहर गरेको छ । पूर्वराजा शाह एक महिना लामो बसाइपछि पोखराबाट फर्किँदा आइतबार काठमाडौंमा राजवादीले ठूलो संख्यासहित प्रदर्शन गरेका थिए ।

‘अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रविरुद्ध गतिविधि गर्न थालेका छन् । यस्ता गतिविधि नेपाली जनताको चाहना र भावनाविपरीत छन्,’ पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भनेका छन्, ‘यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’

उक्त बैठकले पूर्वराजाले विगतमा गरेका कु-कर्मको ‘नांगेझार’ र भण्डाफोर गर्न पनि भनेको छ । ‘वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो । हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्त्वले इतिहासमा उनीहरूले गरेका सम्पूर्ण कु-कर्मलाई नांगेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गर्दछौँ’, समाजवादीले भनेको छ ।

उक्त बैठकले गणतन्त्र र संविधानको रक्षा तथा रोजगारी र सुशासनका लागि पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : ०२ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द