एकीकृत समाजवादीले भन्यो- पूर्वराजाले विगतमा गरेका कु-कर्मको भण्डाफोर गरौँ « Khabarhub

एकीकृत समाजवादीले भन्यो- पूर्वराजाले विगतमा गरेका कु-कर्मको भण्डाफोर गरौँ


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले परिवर्तनका पक्षधरहरू एक भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधि जनताको चाहना र भावनाविपरीत रहेको पनि ठहर गरेको छ । पूर्वराजा शाह एक महिना लामो बसाइपछि पोखराबाट फर्किँदा आइतबार काठमाडौंमा राजवादीले ठूलो संख्यासहित प्रदर्शन गरेका थिए ।

‘अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रविरुद्ध गतिविधि गर्न थालेका छन् । यस्ता गतिविधि नेपाली जनताको चाहना र भावनाविपरीत छन्,’ पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भनेका छन्, ‘यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’

उक्त बैठकले पूर्वराजाले विगतमा गरेका कु-कर्मको ‘नांगेझार’ र भण्डाफोर गर्न पनि भनेको छ । ‘वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो । हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्त्वले इतिहासमा उनीहरूले गरेका सम्पूर्ण कु-कर्मलाई नांगेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गर्दछौँ’, समाजवादीले भनेको छ ।

उक्त बैठकले गणतन्त्र र संविधानको रक्षा तथा रोजगारी र सुशासनका लागि पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : ०२ बजे

नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै

नवलपुर– कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले करिब पाँच करोड रुपैयाँ

चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

ग्वाङ्झाउ– दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा

एसियाड : पुरुष कबड्डीमा नेपाल पराजित

काठमाडाैँ– जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी

धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको

सिमसारकी अप्सरा : जलअप्सरा (तस्बिरहरू)

सुनसरी– हेर्दा आकर्षक, लामो पुच्छर । पानीमा तैरिएका पातहरूमा हिँड्ने