कानुनविपरित सञ्चालित मधेशका ५८ अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन  « Khabarhub

कानुनविपरित सञ्चालित मधेशका ५८ अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशका ५८ अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । 

धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा पर्सा गरी पाँच जिल्लाका ९६ अस्पतालको अनुगमन गर्दा १५ वटा अस्पताल मात्र कानून सम्मत तरिकाले सञ्चालन भए पनि अधिकांश अस्पतालहरू कानूनविपरीत सञ्चालनमा रहेको पाइएको मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए । 

मन्त्रालयका अनुसार पर्साका २, धनुषाका २३, सर्लाहीका ९, रौतहटका २१, महोत्तरीका ५ अस्पताल कानुनविपरीत सञ्चालन भइरहेका थिए ।  

निजी क्षेत्रका अस्पतालहरूको मुख्यमन्त्रीबाट भएको अनुगमनपछि अस्पताल सुधारको अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : ३४ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान