अर्थसंक्षेप : अर्थतन्त्रको बाह्य पक्ष ठिकठाक, निरन्तर ओरालो नेप्से र सात फाइनान्स कम्पनी घाटामा | Khabarhub Khabarhub

अर्थसंक्षेप : अर्थतन्त्रको बाह्य पक्ष ठिकठाक, निरन्तर ओरालो नेप्से र सात फाइनान्स कम्पनी घाटामा


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले अर्थतन्त्रको बाह्य अवस्था ठिकठाक रहेको देखाएको छ । आइतबार भारी अंकले घटेको नेप्से आजपनि घट्यो ।

वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब बढी पुगेको छ । माघ मसान्तसम्म ७ वटा फाइनान्स कम्पनी आर्थिक अवस्था घाटामा रहेको देखिएको छ ।

आजका आर्थिक समाचार :

मुद्रास्फिति अघिल्लो वर्षभन्दा तल, विदेशी मुद्रा सञ्चिति १४ महिनाको आयात धान्न पुग्ने

अर्थतन्त्रको बाह्य सूचकले नेपालको अवस्था ठिक रहेको देखाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले अर्थतन्त्रको बाह्य अवस्था ठिक रहेको देखाएको हो ।

प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत छ । अघिल्लो वर्षको त्यही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत छ ।

लगातार ओरालो यात्रामा बजार, कारोबारसहित नेप्से साढे २० अंकले घट्यो

साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा पहिरो गएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बाराबरको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर मात्र कारोबार भएको छ ।

सात महिनामा १६ अर्ब ६६ करोडको धितोपत्र नेप्सेमा सूचीकृत

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से )मा सूचीकृत भएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

१६ महिनापछि स्थापना भयो भूकम्प पुननिर्माण आयोजना इकाई

भूकम्प गएको १६ महिनापछि भूकम्प पुननिर्माण आयोजना इकाई कार्यालय स्थापना भएको छ । भूकम्पको केन्द्रबिन्दु जाजरकोटमा स्थापना भएको कार्यालयले भूकम्पबाट प्रभावित भएको जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्ला हेर्ने छ ।

१७ कार्तिक २०८० मा जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट क्षति पुगेका संरचना पुननिर्माणको काममा तीव्रता दिन कार्यालय स्थापना भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, तीनै तहका सरकार र जिल्ला विपद् व्यवस्थापन समितिबीच प्रभावकारी समन्वय गरी पुनर्निर्माणलाई गति दिन कार्यालय स्थापना गरिएको सरकारको छ ।

चिनी उद्योगलाई फागुनमै उखु अभाव

एक दशकअघिसम्म वैशाखसम्म चिनी उत्पादन गर्ने उद्योगलाई अहिले फागुनमै उखु अभाव खेप्नु परेको छ ।

महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इन्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) लाई यसपालि क्रसिङ व्यस्त हुनपर्ने फागुनमै उखु अभाव खेप्नु परेको छ ।

घाटामा सातवटा फाइनान्स कम्पनी, पोखरा फाइनान्सको मात्रै घाटा ५९ करोड

सञ्चालनमा रहेकामध्ये आधा दर्जन बढी फाइनान्स कम्पनीहरू खुद घाटामा गएका छन् ।

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित चालु आर्थिक वर्षको ७ महिनाको बैंक तथा वित्तीय संस्थाको तथ्यांकअनुसार उक्त अवधिसम्म सञ्चालनमा रहेकामध्ये ७ वटा कम्पनी घाटामा देखिएका हुन् ।

तथ्यांकअनुसार सञ्चालनमा रहेकामध्ये समीक्षा अवधिमा जानकी फाइनान्स कम्पनी खुद नाफामा सबैभन्दा अगाडि छ । पोखरा फाइनान्स कम्पनी सबैभन्दा धेरै घाटामा छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ०६ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा