अन्नपूर्ण चक्रीय पदमार्ग : विश्व पर्यटकको आकर्षक गन्तव्य (तस्बिरहरू) « Khabarhub

अन्नपूर्ण चक्रीय पदमार्ग : विश्व पर्यटकको आकर्षक गन्तव्य (तस्बिरहरू)


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस क्षेत्रको विविध सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुको अवलोकन तथा पद पर्यटनमा रमाउनेहरूको लागि एक उत्तम गन्तव्य हो ।

विविध परम्परागत गाउँघरहरू, गाउँले परिवेश, भिन्न संस्कार र संस्कृति, हिउँले ढाकिएको विशाल पर्वतहरू पदयात्राको क्रममा देख्न र अनुभूत गर्न पाइने हुँदा यस पदमार्ग विश्व चर्चित बनेको छ ।

यस पदमार्ग अन्तर्गत ६ जिल्ला पर्ने गर्दछन् । जसमा बागलुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी । मनाङको बेँसीशहरबाट पदयात्रा सुरु गरेर करिब २५ दिनमा कास्कीको पोखरा पुग्न सकिन्छ ।

यस पदमार्गमा अन्नपूर्ण हिमशृङ्खला (अन्नपूर्ण पहिलो र चौथो), धौलागिरी, माछापुच्छ्रे, मनास्लु, गंगापूर्ण, हिउचुली, टुकुचे चुचुरो, तिलिचो चुचुरो, पिसाङ चुचुरो, थोरोङ चुचुरो र पाउङ्दा डाँडा लगायत ६०००–८००० मिटर उचाइका अन्य धेरै चुचुराहरू आँखै अगाडि देख्न पाइन्छ ।

यस चक्रीय पदमार्ग अन्तर्गत पर्ने थोरोङ ला भञ्ज्याङ (५,४१६ मिटर) अन्नपूर्ण पदयात्रा क्षेत्रको सबैभन्दा लोकप्रिय र सुन्दर भञ्ज्याङ मध्ये एक हो । यो मनाङ र मुस्ताङ जिल्लाको बीचमा अवस्थित छ ।

यस पदयात्रा दुवै तर्फबाट सुरु गर्न सकिन्छ । कहिलेकाहीँ डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो मौसममा भारी हिउँ परेमा थोरोङ ला भञ्ज्याङ चुनौतीपूर्ण बन्ने गर्दछ ।

विश्व चर्चित यस पदमार्गमा अहिले सडक निर्माण हुँदा पदयात्रा छोट्टिएको छ । पहिले बेँसीशहरबाट हिँड्दा पाँचौँ दिनमा मनाङ गाउँ पुगिन्थ्यो भने अहिले काठमाडौंबाट सवारी साधनमा हिँडेकै दिन मानिसहरू मनाङ गाउँ पुगेर बास बस्छन् ।

त्यस्तै बाग्लुङ–पोखरा सडकखण्डको नयाँपुलबाट यात्रा सुरु भएको पाँचौँ दिनमा पदयात्री अन्नपूर्ण बेसक्याम्प पुग्ने गरेकोमा अहिले तीन दिनमै पुग्छन् ।

यसरी सडक निर्माण गरी पदमार्ग मास्नाले अन्नपूर्ण चक्रीय पदमार्गको मौलिकता मासिँदै गएको छ जसका कारण यसको विश्वव्यापी लोकप्रियता घट्ने जोखिम बढेको छ । जथाभावी सडक निर्माणको काम रोकी यस पदमार्गलाई पैदलयात्री मैत्री बाटो, सुविधा सम्पन्न बसोबास र पर्यटक सुरक्षामा जोड दिनु आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ९ : १५ बजे

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको