अन्नपूर्ण चक्रीय पदमार्ग : विश्व पर्यटकको आकर्षक गन्तव्य (तस्बिरहरू) | Khabarhub Khabarhub

अन्नपूर्ण चक्रीय पदमार्ग : विश्व पर्यटकको आकर्षक गन्तव्य (तस्बिरहरू)


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस क्षेत्रको विविध सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुको अवलोकन तथा पद पर्यटनमा रमाउनेहरूको लागि एक उत्तम गन्तव्य हो ।

विविध परम्परागत गाउँघरहरू, गाउँले परिवेश, भिन्न संस्कार र संस्कृति, हिउँले ढाकिएको विशाल पर्वतहरू पदयात्राको क्रममा देख्न र अनुभूत गर्न पाइने हुँदा यस पदमार्ग विश्व चर्चित बनेको छ ।

यस पदमार्ग अन्तर्गत ६ जिल्ला पर्ने गर्दछन् । जसमा बागलुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी । मनाङको बेँसीशहरबाट पदयात्रा सुरु गरेर करिब २५ दिनमा कास्कीको पोखरा पुग्न सकिन्छ ।

यस पदमार्गमा अन्नपूर्ण हिमशृङ्खला (अन्नपूर्ण पहिलो र चौथो), धौलागिरी, माछापुच्छ्रे, मनास्लु, गंगापूर्ण, हिउचुली, टुकुचे चुचुरो, तिलिचो चुचुरो, पिसाङ चुचुरो, थोरोङ चुचुरो र पाउङ्दा डाँडा लगायत ६०००–८००० मिटर उचाइका अन्य धेरै चुचुराहरू आँखै अगाडि देख्न पाइन्छ ।

यस चक्रीय पदमार्ग अन्तर्गत पर्ने थोरोङ ला भञ्ज्याङ (५,४१६ मिटर) अन्नपूर्ण पदयात्रा क्षेत्रको सबैभन्दा लोकप्रिय र सुन्दर भञ्ज्याङ मध्ये एक हो । यो मनाङ र मुस्ताङ जिल्लाको बीचमा अवस्थित छ ।

यस पदयात्रा दुवै तर्फबाट सुरु गर्न सकिन्छ । कहिलेकाहीँ डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो मौसममा भारी हिउँ परेमा थोरोङ ला भञ्ज्याङ चुनौतीपूर्ण बन्ने गर्दछ ।

विश्व चर्चित यस पदमार्गमा अहिले सडक निर्माण हुँदा पदयात्रा छोट्टिएको छ । पहिले बेँसीशहरबाट हिँड्दा पाँचौँ दिनमा मनाङ गाउँ पुगिन्थ्यो भने अहिले काठमाडौंबाट सवारी साधनमा हिँडेकै दिन मानिसहरू मनाङ गाउँ पुगेर बास बस्छन् ।

त्यस्तै बाग्लुङ–पोखरा सडकखण्डको नयाँपुलबाट यात्रा सुरु भएको पाँचौँ दिनमा पदयात्री अन्नपूर्ण बेसक्याम्प पुग्ने गरेकोमा अहिले तीन दिनमै पुग्छन् ।

यसरी सडक निर्माण गरी पदमार्ग मास्नाले अन्नपूर्ण चक्रीय पदमार्गको मौलिकता मासिँदै गएको छ जसका कारण यसको विश्वव्यापी लोकप्रियता घट्ने जोखिम बढेको छ । जथाभावी सडक निर्माणको काम रोकी यस पदमार्गलाई पैदलयात्री मैत्री बाटो, सुविधा सम्पन्न बसोबास र पर्यटक सुरक्षामा जोड दिनु आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ९ : १५ बजे

विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै

काठमाडाैं । इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलनमा इजरायलि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू

रोहितको अर्धशतकमा नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य

ओमान – कप्तान रोहित पौडेलको शानदार अर्धशतकको मदतमा नेपालले कतारलाई

चलेन आदिलको ब्याट, दुई रन बनाएर आउट

काठमाडौं – कतारविरुद्धको खेलमा प्लेइङ–११ मा परेका आदिल आलमले मात्र

मंसिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

काठमाडौं – नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको

कतारविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

ओमान – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कतारविरुद्धको