प्रशिक्षणका क्रममा सोमपाल र गुल्शन घाइते, दुवैले गुमाए नेदरल्याण्ड्सविरुद्धको खेल « Khabarhub

प्रशिक्षणका क्रममा सोमपाल र गुल्शन घाइते, दुवैले गुमाए नेदरल्याण्ड्सविरुद्धको खेल


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेका नेपाली अलराउन्डर गुल्शननकुमार झा र बलर सोमपाल कामी घाइते भएका छन् ।

स्कटल्यान्ड भ्रमणका मंगलबार नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलका लागि प्रशिक्षणका क्रममा दुवैजना घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

क्यानले सोमपालको दायाँ हात र गुल्शनको घुँडामा चोट लागेको जानकारी दिएको छ।

यी दुवैजना घाइते खेलाडीले नेदरल्यान्ड्सविरुद्धको खे‍ल गुमाउने निश्चित भएको छ। त्यससँगै टी–२०आई त्रिकोणीय सिरिजका सबै खेल पनि गुमाउने क्यानले जनाएको छ।

स्कटल्यान्डमा जारी शृङ्खलामा नेपाल उच्च फर्ममा छ । यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुईमध्ये एक खेलमा विजयी भएको थियो ।

नेदरल्यान्ड्ससँगको खेलमा नेपाल विजयी भएको थियो । लिग–२ मा नेपाल १५ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ । नेपालको नेदरल्यान्ड्सविरुद्ध नेपाली समयअनुसार दिउँसो ३ : ४५ बजे प्रतिस्पर्धा गर्ने छ ।

२२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले पछिल्ला तीन खेलमा पराजयको सामना गरेको छ । अमेरिका २० खेलमा २८ अङ्क सहित शीर्ष स्थानमा छ ।

यो सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै एक बल बाँकी हुँदा एक विकेटको जित निकालेको थियो ।

स्कटल्यान्डविरुद्धकै दोस्रो खेलमा ३२४ रन पछ्याएको नेपाल ३२१ रन बनाउँदै दुई रनले पराजित हुनपुग्यो । नेपालले नेदरल्यान्ड्सविरुद्ध भने अघिल्लो खेलमा १७ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको थियो ।

लिग–२ मा अहिले आठ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप छनोटको सिरिज हो ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ३ : ०४ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई