वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ  « Khabarhub

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ 


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा  स्याङजा घर भई ललितपुर बस्ने ६० वर्षीय लक्ष्मण चापागाईँ, सप्तरी घर भई काठमाडौं बस्ने ३९ वर्षीय अशोक मण्डल, सिन्धुपाल्चोक घर भई काठमाडौं नै बस्ने २० वर्षीय बाल सुन्दर भारती र सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् । 

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लक्ष्मण चापागाईँले युके पठाउने भन्दै पाँच लाख, शोक मण्डलले मलेसिया पठाउने भन्दै छ लाख, बाल सुन्दर भारतीले पोर्चुगल पठाउने भन्दै तीन लाख र चण्डिका उप्रेतीले न्युजिल्याण्ड पठाउने भन्दै ५० हजार रुपैयाँ लिएर नपठाएको भन्ने पीडितको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो 

उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ०७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ