सरकार र सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति « Khabarhub

सरकार र सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्।

सुनचाँदी व्यवसायी संघका प्रतिनिधि नरेन्द्र गुप्ताले सहमतिबारे जानकारी दिँदै शुक्रबारदेखि देशभर व्यवसाय निर्वाध रूपमा सञ्चालन हुने बताए।

व्यवसायीहरू सुन तथा सुनका गहना विलासिता वस्तुको सूचीमा राखिएको विषयमा असन्तुष्ट थिए। उनीहरूको मुख्य माग नै यस विषयको पुनरावलोकन रहेको थियो।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन तथा हिरामा विलासिता कर लगाउने घोषणा गरेपछि व्यवसायीहरू आन्दोलित भएका थिए। केही दिनयता उनीहरूले देशभर पसल बन्द गरेर विरोध जनाउँदै आएका थिए।

अब सहमतिपछि बजारमा सुनचाँदीको कारोबार पुनः सञ्चालनमा आउने विश्वास गरिएको छ। व्यवसायी पक्षले सरकारसँग तत्काल सहकार्य गर्दै व्यापार सहज बनाउने प्रतिवद्धता जनाएका छन्।

यस्ताे छ सहमति

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ११ : २२ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम