कैलाली कारागार झडपमा एकको मृत्यु, ४७ घाइतेमध्ये एकको अवस्था गम्भीर | Khabarhub Khabarhub

कैलाली कारागार झडपमा एकको मृत्यु, ४७ घाइतेमध्ये एकको अवस्था गम्भीर

झडपको पूर्व सूचनालाई बेवास्ता गर्दा स्थिति नियन्त्रण बाहिर


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परेका एक जनाको मृत्यु भएको छ भने ४७ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

झडपका ४७ जना घाइते उपचार गराइरहेका छन् । उक्त घटनामा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का २२ वर्षीय आयुश भट्टराईलाई थप उपचारका लागि शनिबार नै काठमाडौं पठाइएको हो। उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार काठमाडौं पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रशासनले जनाएको छ।

शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य बनेको थियो। कैदीले केही समय कारागार नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनाउन प्रहरी परिचालन गरिएको थियो।

घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

यस घटनाप्रति गृहमन्त्री रमेश लेखकले पनि चासो देखाउँदै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। शनिबार दिउँसो मात्र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेट गरेर गृहमन्त्री लेखकले सुरक्षाको विषयमा चासो लिएका हुन् ।

लामो समयदेखि कैदी त्रासमा भएको खुलासा

कैलाली कारागारका कैदीले अवस्था अप्ठेरो बन्दै गएको जानकारी दुई साताअघि नै मानव अधिकार आयोगलाई गराएको खुलेको छ । कारागारका ५९० कैदीले हस्ताक्षरसहित कारागारमा झडपको वातावरण बनेको भन्दै राष्ट्रिय मानवअघिकार आयोगमा निवेदन दिएको खुलेको हो । सोही निवेदनका आधारमा आयोगले प्रधानमन्त्री, गृहमन्त्री, कैलालीका सिडिओ र सुरक्षा निकायका सम्बन्धित अधिकारीलाई साउन १९ गते नै अवस्थाको विषयमा जानकारी गराएको भए पनि सरकारले उक्त सूचनालाई बेवास्ता गरेको देखिन्छ ।

कागारारको अवस्थाबारे साउन १९ गते आयोगले कारागार प्रशासनलाई पठाएको पत्रको बोधार्थ प्रधानमन्त्री, गृह गृहमन्त्री कार्यालयसँगै कारागार व्यवस्थापन विभाग, कैलाली जिल्ला प्रशासनलाई पठाएको थियो । तर जिम्मेवार निकायले प्राप्त भएको सूचनालाई गम्भीर रुपमा नलिँदा ठुलो दुर्घटना भएको देखिन्छ । कैलाली कारागारमा यसअघि असार २८ गतेसमेत कैदीबीच कुटाकुट भएपछि प्रशासनलाई मौखिक जानकारी गराउँदै केही कैदीले सुरक्षाको विषयमा चिन्ता व्यक्त गरेका थिए।

मानवअधिकार आयोगको प्रादेशिक कार्यालय धनगढीका प्रमुख प्रकाशदत्त भट्टका शुक्रबारको झडपपछि कारागारको अवस्था गम्भीर देखिएको छ । पूर्व सूचनालाई बेवास्ता गर्दा यो अवस्था आएकाले अब केन्द्रले नै सुनुवाइ गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

१५० कैदी राख्ने क्षमताको कैलाली कारागारमा ६९५ कैदीबन्दी छन् । जसमा ५८ महिला छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ५२ बजे

इजरालयद्वारा ‘प्यालेस्टिनी पेले’को हत्या, मोहम्मद सालाहले उठाए युईएफएमाथि गम्भीर प्रश्न

काठमाडौं- लिभरपुलका स्टार फुटबलर मोहम्मद सालाहले ‘प्यालेस्टिनी पेले’ का रुपमा

बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने

ढाका– बङ्गलादेशको अन्तरिम सरकारले फेब्रुअरीमा हुने आगामी आम निर्वाचनको समयमा

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक

शिक्षा विधेयकमा निजी विद्यालयको विरोध, माग पुरा नभए आन्दोलनमा उत्रिने 

काठमाडौं– सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि

ग्रे लिस्ट सन्दर्भ देखाउँदै सरकारले माग्यो सहकारीहरूको विवरण

काठमाडौं– सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसिया/प्यासिफिक ग्रुप अन