मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै भोजपुरका किसान « Khabarhub

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै भोजपुरका किसान


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन् । यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसान अलैँचीखेती विस्तारमा जुटेका हुन् ।
 
गत वर्षदेखि मूल्य वृद्धि भएपछि यहाँका किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका टेम्केमैयुङ–५ का शिवकुमार विष्टले बताए। गत वर्ष प्रतिमन अलैँची रु एक लाखदेखि एक लाख दुई हजारसम्म बिक्री भएपछि किसान उत्साहित भएको उनको भनाइ छ । मूल्य वृद्धि भएपछि परम्परागत बालीलाई हटाएर पुनः अलैँचीखेतीमा जुटेको उनले जानकारी दिए। केही वर्षअघिसम्म मूल्यमा निरन्तर गिरावट आएपछि धेरै किसानले बगैँचा विस्तार गरेका थिएनन् ।

बजारमा अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान बगैँचा विस्तारमा लागेका अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बताए। राज्यले प्राविधिक सहयोग गरेमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने उनको भनाइ छ । रोग, कीरा नियन्त्रणका लागि प्रत्येक अलैँची जोनमा एक कृषि प्राविधिक राख्न आवश्यक रहेको उनले बताए।

‘मूल्य बढेसँगै अलैँचीखेती क्षेत्र विस्तारमा किसान जुटेका छन्’, अध्यक्ष विष्टले भने, ‘केही ठाउँमा रोग कीराको प्रकोप बढेको  छ । राज्यको तहबाट राम्रो प्राविधिक सहयोग भएमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने थिए ।’

माटो परीक्षण गरेर नयाँ नर्सरी स्थापना गर्न सके अलैँची अझ राम्रो आम्दानीको स्रोत बन्ने अध्यक्ष विष्टले  बताए । टेम्केमैयुङ–५ मा मात्र करिब एक सय ५० किसानले व्यावसायिक रूपमा अलैँचीखेती गरिरहेका छन् । 

जिल्लामा अहिले करिब पाँच सय ९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ रामशाही, गोलशाही, डम्बर शाही, जिर्मले जातको अलैँचीखेती हुने गरेको छ । चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा  हेलौछा, गुप्तेश्वरलगायत ठाउँमा अलैँचीको बढी खेती हुने गरेको छ । 
 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : २१ बजे

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति

लुम्बिनी (मर्चवार)– कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल

पम्फा भुसालले चुनाव नलड्ने

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ गते

सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी

याङ्गुन- म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ ।