गाईजात्राले नेपालको परम्परा जगेर्ना गर्न प्रेरणा मिलोस् : सभामुख घिमिरे « Khabarhub

गाईजात्राले नेपालको परम्परा जगेर्ना गर्न प्रेरणा मिलोस् : सभामुख घिमिरे


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले गाईजात्रा पर्वले सबैलाई नेपालको अमूल्य परम्परा जगेर्ना गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले आइतबार जारी गरेको शुभकामना सन्देशमा गाईजात्रा पर्वका अवसरमा विविधतामा एकता सुदृढ पार्न र शान्ति, करुणा तथा सांस्कृतिक गौरवमा आधारित समाज निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् । 

‘सामाजिक सद्भाव यसको अर्को महत्त्वपूर्ण पक्ष हो, गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउँछ’, शुभकामना सन्देशमा भनिएको छ, ‘समा हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि हो ।’

गाईजात्रा पर्व पावन अवसरमा देशभित्र र विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना प्रकट गर्दछु । नेपालको सांस्कृतिक पात्रोमा विशेष स्थान ओगट्ने यस पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव र एकता कायम गर्ने सन्देश दिएको छ । 

“काठमाडौँ, ललितपुर, भक्तपुरलगायतका सहरहरूमा यस दिन सडकहरू रङ्गीन झाँकी, सजाइएका रथ, घिन्ताङ घिसीजस्ता परम्परागत नृत्य तथा सामाजिक र राजनीतिक टिप्पणीयुक्त हास्यव्यङ्ग्यले भरिपूर्ण हुन्छन्”, सन्देशमा भनिएको छ, ‘यस्ता सांस्कृतिक अभिव्यक्तिहरूले शोकग्रस्त परिवारलाई सान्त्वना दिनेमात्र नभई हाम्रो समाजमा स्वतन्त्र सोच र सांस्कृतिक सृजनशीलताको महत्त्वलाई पनि उजागर गरेको छ ।’

ऐतिहासिक दृष्टिले गाईजात्राको परम्परा १७औँ शताब्दीमा राजा प्रताप मल्लको शासनकालमा सुरु भएको हो । आफ्ना पुत्रको असामयिक निधनले दुःखी भएकी रानीलाई सान्त्वना दिने र आफ्ना प्रियजन गुमाएका परिवारलाई सामूहिक रूपमा सम्झने अवसर दिने उद्देश्यले राजाले यो परम्परा प्रारम्भ गरेका थिए । समयक्रममा यस पर्वले विगत वर्षभित्र दिवङ्गत भएका आफ्ना प्रियजनहरूको स्मरण गर्ने र जीवनलाई हास्य, सङ्गीत र मेलमिलापसहित आत्मसात् गर्ने अवसरको रूप लिएको छ ।
 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ४२ बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा