लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ : सभापति देउवा « Khabarhub

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ : सभापति देउवा


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको धारणा राखेका छन् । 

नेपाली कांग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैङ्गिक समानताका विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताए । 

‘लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा होइन, यो समग्र सामाजिक रूपान्तरणको एक महत्त्वपूर्ण विषय पनि हो, हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सक्छौँ भन्ने हाम्रो दृढ विश्वास छ, लैङ्गिक संवेदनशीलतासँग सम्बन्धित विचार र सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ’, सभापति देउवाले भने ।

सोसल डेमोक्रेसीको सञ्जालसँग विभिन्न देशका सामाजिक लोकतान्त्रिक राजनीतिक दलहरू आबद्ध रहेको उल्लेख गर्दै सभापति देउवाले यस सञ्जालले एसियाली क्षेत्रको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक बहसलाई गहिरो र फराकिलो बनाउँदै आएको बताए। 

उनले सोसल डेमोक्रेसीले विकास, समानता र न्यायमा आधारित समावेशी नीति निर्माणका लागि एउटा सशक्त प्लेटफर्मको रूपमा काम गर्दै आएको बताए । 

त्यस अवसरमा सभापति देउवाले नेपाली कांग्रेसकी नेतृ, नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष स्वर्गीय मंङ्गलादेवी सिंहलाई स्मरण  गरे। ‘विसं २००४ मा भएको पहिलो नगर परिषद्को निर्वाचनमा महिलाहरूको मताधिकार हकका लागि उहाँले आन्दोलन गर्नुभएको थियो’, उनले भने । 

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले नेपाली समाजको चेनताको स्तर उच्च रहेको भन्दै लैङ्गिक समानतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले लैङ्गिक समानता महिलाको मात्रै नभै सामाजिक रूपमा पछाडि पारिएका व्यक्ति तथा समुदायहरूको समेतको सरोकारको विषय रहेको बताए । 

कांग्रेस सहमहामन्त्री जीवन परियारले विश्वभरि नै महिलाहरूको अधिकारका विषयमा केन्द्रित भएर महिलामाथि भएको अन्याय, अपमानबाट आन्दोलनको कुरा उठेको चर्चा गरे । उनले नेपालका महिला, दलित, सुकुम्वासी, थारुलगायतको विषयमा नेपाली कांग्रेस सचेत रहेको उल्लेख गरे । 

जनता समाजवादी पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापाले लोककल्याणकारी राज्य स्थापनाका लागि स्थानीयदेखि केन्द्रीय तहको नेतृत्वसम्म महिलाको सहभागिता अभिवृद्धि हुनुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले नेपाली समुदाय महिला र कमजोर वर्ग, समुदायप्रति असंवेदनशील हुँदै गइरहेको उल्लेख गरिन् । उनले महिला र पुरुषलाई समान रूपले हेर्ने मनस्थिति हुनुपर्नेमा जोड दिए ।

नेपाल महिला सङ्घको अध्यक्ष उषा मिश्र राउतले लैङ्गिक समानताका विषयमा समाजलाई जागरूक बनाउन आवश्यक रहेको बताइन्। कार्यक्रममा नेपाली कांग्रेस र स्थानीय राजनीतिमा महिलाहरूको सहभागितालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न र महिलाहरूको क्षमता अभिवृद्धि गर्न सातै प्रदेशका स्थानीय तहमा समेत गएर गोष्ठी सञ्चालन गर्ने जानकारी गराइएको छ । रासस

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ४ : १८ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय