गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु « Khabarhub

गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नवलपुरको गैंडाकोटमा आज (आइतबार) ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गैंडाकोटको खरकट्टा जंगलमा ना ५ ख ८४१७ नम्बरको सामान लोड गरेको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकहरूको सनाखत भइसकेको छैन । ट्रकमुनि दुई जना च्यापिएको अवस्थामा रहेकाले उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

गैंडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना ५ ख ८४१७ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार ट्रकमा दुईजना च्यापिएर रहेकोले क्रेनको सहायताले ट्रक हटाउने प्रयास भइरहेको छ ।

ट्रकमा च्यापिएकाको पहिचान भएको छैन । दुर्घटनाको कारण र विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : ५९ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय