अर्थतन्त्र ध्वस्त भएपछि राजनीतिक प्रणाली महान हुँदैन
अर्थतन्त्रलाई स्वच्छ, स्वस्थ र दिगो आधार दिइनुपर्छ । म बेलुनजस्तो वृद्धिमा विश्वास गर्दिनँ । स्वच्छ, स्वस्थ र दिगो दिशामा अर्थतन्त्रलाई ड्राइभ गर्नुपर्छ । यो शिलशिलामा केही समस्याहरू आए पनि दिगो विकासका लागि केही समय सहनु पनि पर्छ भन्ने मलाई लाग्छ । यो पूरै सिद्धान्तका पछाडि अर्थतन्त्र उत्पादनशील होस् भन्ने नै हो ।
म के कुरामा विश्वास गर्छु भने अर्थतन्त्र ध्वस्त भइसकेपछि कुनै राजनीतिक प्रणाली महान हुँदैन । कुनै राजनीतिक प्रणाली ग्राह्य वा अग्राह्य हुनलाई आर्थिक आधार सुदृढ हुनैपर्छ । त्यसकारण यी दुईवटाको बीचमा जबसम्म तालमेल हुँदैन तबसम्म राम्रो समाजमा, सुरक्षित समाजमा बसेको हुँदैन ।

हामीले विगतमा धेरै विकासका कुरा गरेका छौँ, लगानीका कुराहरू गरेका छौँ । शुसासनकै वरिपरि मेरो कुरा रहन्छ । हाम्रो विकासमा लगानी त प्रशस्त भएको छ तर विकासका प्रतिफल जस्तो आउनुपर्ने हो, आएका छैनन् ।
खास गरेर राष्ट्र बैंकको सेरोफेरोमा हेर्ने हो भने आर्थिक गतिविधिलाई चलायमान कसरी बनाउने ? अर्थतन्त्रलाई कसरी स्थायित्व दिने ? यो सिद्धान्तबाट सञ्चालित हुनुपर्छ होला भन्ने मलाई लाग्दछ ।
आर्थिक गतिविधि चलायमान भनेको के हो ? आर्थिक गतिविधि चलायमान कुन ढंगले हुने ? खास गरेर बैंकिङ क्षेत्रको कुरा गर्दा लगानीतर्फ हे¥यो भने प्रशस्त लगानी भएको देखिन्छ, यद्यपि पछिल्ला दिनमा माग पनि कम भएको छ । तर, भएको लगानीले पनि कहाँ प्रतिफल दियो ?
सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो
ग्रे लिस्ट सन्दर्भ देखाउँदै सरकारले माग्यो सहकारीहरूको विवरण
सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसिया/प्यासिफिक ग्रुप अन मनी लाउन्डिरिङको ग्रे लिस्ट सन्दर्भ देखाउँदै सहकारीहरूको विवरण माग गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै सहकारी विभागले जोखिममा आधारित सहकारी संघ/संस्थाहरूको अनुगमन गर्ने प्रयोजनको लागि सहकारीहरूको विवरण माग गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै सहकारी संघ/संस्थाहरूले साउन मसान्तभित्र गुगल फर्ममा विवरण प्रविष्ट गराउने गरी स्थानीय तहहरूलाई परिपत्र गरिदिन गरेको अनुरोधअनुसार सामान्य प्रशासन मन्त्रालयले सो पत्राचार गरेको हो ।
नागरिक लगानी कोषको खुद नाफा १ अर्ब २५ करोड
नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा कोषको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।
कोषको उक्त नाफा गत आर्थिक वर्षको तुलनामा १३.७१ प्रतिशत बढी हो । गत वर्ष कोषको २३.७५ प्रतिशत घटेर ३३ करोड ७३ लाख ३० हजार रुपैयाँ देखिएको छ ।

कोषको जम्मा आम्दानी २ अर्ब ९ करोड ७४ लाख १० हजार रुपैयाँ हरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८.९६ प्रतिशतले बढी हो ।कोषको खर्च ४२ करोड ४२ लाख ७२ हजार रुपैयाँ भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले कम हो ।
कोषको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा आएको छ । कोषको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ ।
नाइमाले आयोजना गरेको नेपाल मोबिलिटी एक्स्पोको समय थप
मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो
विपत्तिले छेक्दै विकासको बाटो : खुम्चिँदै स्तरोन्नितको थ्रेसहोल्ड
‘थ्रेसहोल्ड ३२ भन्दा कम हुनुपर्ने आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कको प्राप्ताङ्क २८.९६ रहेको छ। विगतमा २५ भन्दा कम रहेको यो सूचकाङ्क पछिल्ला समीक्षाहरूमा थ्रेसहोल्डको नजिक रहेकाले आर्थिक तथा वातावरणीय जोखिमका कारण यस सूचकाङ्कको मान दीगो बनाउने कार्य चुनौतीपूर्ण देखिएको छ ।’
याे अंश सरकारले तयार गरेको चालु मध्यमकालीन खर्च संरचना (आर्थिक वर्ष २०८२/८३-२०८४/८५) बाट यहाँ उधृत गरिएको हो । सरकारले यस्तो खर्च संरचनालाई आवधिक योजना र वार्षिक बजेटबीच तादाम्यता मिलाउने महत्वपूर्ण औजार मानेको छ ।

जारी सोह्रौँ योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६) को पृष्ठभूमिमा लेखिएको छ –
सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको सक्रिय सहभागितामा वि.सं. २०८३ (सन् २०२६) मा नेपाललाई अतिकम विकसितबाट विकासशील देशमा स्तरोन्नति गर्ने र वि.सं. २०८७ (सन् २०३०) सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्दै मध्यम आय भएको मुलुकमा पुर्याउने लक्ष्य तय गरिएको छ ।’
यस्तो लक्ष्य किटेर देशको नाम विकासशील सूचीमा चढाउन खोजिरहेको सरकार एक वर्षभित्रै झस्किएको छ । सम्पत्ति शुद्धीकरण नियामक अन्तरराष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले ‘ग्रे लिष्ट’मा राखिदिएपछि सरकार उसै पनि तनावमा छ ।
आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
प्रतिक्रिया